२०८०, १६ चैत्र शुक्रबार

काभ्रेका प्रहरी इन्सपेक्टर सुनिल, जसको सुरक्षा कौशलले अपहरमा परेका विष्णु अपहरण मुक्त

काभ्रेका प्रहरी इन्सपेक्टर सुनिल, जसको सुरक्षा कौशलले अपहरमा परेका विष्णु अपहरण मुक्त


बनेपा, २२ भदौं  : कञ्चनपुरमा प्रहरीका अधिकृतले नै बालिका बलात्कारको घटनालाई ढाकछोप गरेको आरोप लागिरहेको छ । तर काभ्रेका एक प्रहरी अधिकारी भने अहिले सबैतिरबाट बधाई थापिरहेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी इन्सपेक्टर सुनिल जंग शाहको सक्रियतामा अपहरणकारीबाट अपहरित ब्यक्ति मुक्त भएपछि उनको चर्चा चुलिएको छ । प्रहरीले चाहाँने हो भने जस्तो सुकै आपराधमा संकग्नलाई पनि कानुनी कठघरामा ल्याउन सक्छ भन्ने उदाहरण बनेका छन् इन्सपेक्टर शाह ।

भक्तपुरको सल्लाघारीबाट हेलम्बु गाउपालिका बर्ष ४७ का विष्णु कटुवाल अपहरणमा परेको सुचना पाए लगत्तै इन्सपेक्टर शाहको टोली परिचालित भएको थियो । अपरिचित ब्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखि नालाको बाटो हुदै काभ्रे तर्फ लिएर हिडेको भन्ने विशेष सुचनाका आधारमा शाहको टोलीले पिछा गरेको थियो ।

इन्सपेक्टर सुनिल जंग शाहको सुरक्षा कौशलकै कारण अपहरित कटुवाल धुलिखेल नगरपालिका ५ चौकोटबाट अपहरण मुक्त भए । अपहरणकारीले कटुवालालई अपहरण गर्न प्रयोग गरेको बा ५ च ८७३५ नम्बरको प्राईभेट कार, बा ७८ प ५०५ नम्बरको मोटरसाइकल र बा ३४ प ५०० नम्बरको स्कुटी सहित बिहिवार ८ जनालाई पक्राउ गर्न शाहको टोली सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले दिएको जानकारी अनुसार कटुवाल अपहरणमा संलग्न भएको आरोपमा काभ्रेको बनेपा नगरपालिका बडा नम्बर वडा १ का २३ बर्षीय दिपक भुजेल, नमोबुद्द नगरपालिका वडा नम्बर १० का ४० बर्षिय राजन घोरासैनी, सर्लाही घर भई बनेपा बस्दै आएका २६ बर्षिय कृष्णहरी अधिकारी पक्राउ परेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हालल सुर्यबिनायक बस्दै आएका २९ बर्षिय रामेश्वर सिलवाल, मकवानपुर पालुङ ७ का ४२ बर्षिय नकुल कार्की, गाडी चालक रामेछाप खाडाँदेबी गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय टेक बहादुर विक, काठमाण्डौ महानगरपालिका वडा नं २८ बस्ने ४२ बर्षिय धन नारायण तण्डुकार र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हाल मकवानपुर बस्ने २८ बर्षिय रञ्जन सिलवाल रहेका छन् ।

कटुवाललाई अपहरणमुक्त बनाउन इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर शाहको टोलीलाई पनौती प्रहरी चौकीका प्रहरी नायव निरीक्षक शिवहरी कार्कीको टोलीले पनि साथ दिएको थियो ।

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ८ : ०७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय