२०८०, ५ आश्विन शुक्रबार

अस्प्तालमा छोरी घर पुग्दा छोरा !

अस्प्तालमा छोरी घर पुग्दा छोरा !


काठमाडौं, भदौ २२ : गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो ।

बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए ।
कालीले दुध खुवाईन् । डिस्चार्ज भएपछि घर गईन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाईपर निकाल्दा खाती दम्पती छक्क परे ।

अस्पतालमा शिशुलाई आमाको दुध खुवाउने बेलामा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीँ राखेर अर्को शशिु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियुमा राखिएको डडेलधुरा जोठबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए ।

अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो, कालकी पति मेघराज खातीले भने, घर पुगिसकेका खाती दम्पतीलार्य एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने । अस्प्ताल पुगेका उनीहरुको हातबाट शिशु छोरा थुतेर अर्को शिशु छोरी थमाईयो ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ६ : ४० बजे

आज देशभर बर्षाको सम्भावना, कोशी, मधेस र गण्डकी प्रदेशमा ठूलो वर्षा र चट्याङ्ग

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ