Logo

कर्मचारीले पार्टीप्रति होइन, मुलुकप्रति प्रतिबद्ध हुनुपर्छः सभापति देउवा



काठमाडौँ, १९ भदौ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ ।”

सभापति देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजिएको आरोप लगाउँदै पछिल्लो समयमा कर्मचारी संयन्त्र, न्यायालय र प्रहरी प्रशासनलगायत क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभयो । काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको काम तथा व्यवहारवाट जनता निराश हुन थालेको बताउँदै प्रेस, व्यापारी, प्रशासन र न्यायालयमा हस्तक्षेप बढ्नु मुलुक र लोकतन्त्रका लागि राम्रो होइन भन्नुभयो ।

काङ्ग्रेसका नेता एंव पूर्वमन्त्री शंकर भण्डारी र नेतृ कमला पन्तले सङ्घीयता नेपालमा पहिलोपटक लागू भएकाले केही समस्या देखिएपनि पनि कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, युनियन (सङ्घ) का पूर्वमहासचिव जीतबहादुर कँडेल, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटा, शोभाकर रेग्मी तथा वर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन कर्मचारीको हितमा नभएकाले यसमा व्यापक संशोधन गर्न सरकारसंग आग्रह गर्नुभयो ।

सो अवसरमा सभापति देउवाले नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विकास तथा विस्तारमा उल्लेखनीय योगदान दिने पूर्वउपाध्यक्ष रुद्र खनाललाई रु ५१ हजार नगदसहित सम्मान गर्नुभयो । यसैगरी युनियनसंग आवद्ध ७२ जना पूर्वकर्मचारीलाई पनि कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार