Logo

काभ्रेको बेथानचोक गाउँपालिकाका विद्यालय कर्मचारीहरु आन्दोलित



काभ्रेको बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न माग राख्दै पालिका प्रमूखको ध्यानकर्षण गराएका छन् । बेथानचोक गाउँपालिका स्तरीय विद्यालय कर्मचारी र सहजकर्ता संघर्ष समितिले १० बुदेँ माग राख्दै पालिका प्रमूख प्रेम बहादुर तिमल्सिनालाई भेटेर ध्यानकर्षण पत्र बुझाएका हुन् ।

विद्यालयको समग्र वृत्तिविकासमा आफुहरुको संलग्नता रहँदारहदै पनि सरकारको उचित ध्यान नदिदाँ सेवा सुविधा, हकहित एवं भविष्यको अन्यौलता बढेको संघर्ष समितिले बताएको छ । बेथानचोक गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारी र सहज कर्ताहरुको कार्य दक्षतामा अभिवृद्विका निमित्त कम्तिमा वर्षको एक पटक पेशागत सीप अभिमुखीकरण तालिमको व्यवस्था गर्न विशेष माग गरिएको छ ।

संघर्ष समितिका अध्यक्ष मोट प्रसाद सापकोटा र सचिव सुनिल लामाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा समयानुकूल प्रविधिमैत्री शिक्षाको विकास तथा कार्य पद्वतिको विकासका लागि शिक्षक, कर्मचारी र सहजकर्ताहरुलाई आइसीटि तालिमको व्यवस्था गर्न पनि ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यस्तै विद्यालयको आर्थिक पारदर्शीता चुस्तदुरुस्त राख्नका लागि बेलाबेलामा विज्ञबाट आधारभूत तालिम तथा बेथानचोक गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयहरुमा लेखा सम्बन्धी सफ्टवेयरको व्यवस्था गर्न पनि भनेको छ । साथै संघर्ष समितिले बालविकास केन्द्रलाई यथाशिघ्र विद्यालय संरचनामा ल्याई प्राथमिक शिक्षक तृतीय श्रेणी सरहको दरबन्दी व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार