२०८१, १० बैशाख सोमबार

चिकित्सकले आन्दोलन गर्न पर्दैन : उपप्रधानमन्त्री यादव

चिकित्सकले आन्दोलन गर्न पर्दैन : उपप्रधानमन्त्री यादव


चितवन, १५ भदौ : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै हुनुहुन्छ त्यो मुलुकी (संहिता) ऐनलाई सरकारले संशोधन गर्दैछ । आन्दोलनको के अर्थ हुन्छ र ?” मानवीय कमी कमजोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

चितवनस्थित क्यान्सर अस्पतालले दिँदै आएका सेवालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यक भएको भन्दै उहाँले यस अस्पताललाई मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालका रुपमा विकास गर्न सरकार लागेको बताउनुभयो । मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिन्छ ।”

क्यान्सर अस्पताल दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा अघि बढाउने भन्दै उहाँले यसका लागि अस्पतालले आवश्यक प्रक्रिया शुरु गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजी रहेको भन्दै उहाँले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताउनुभयो । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपमा सञ्चालन गर्न खोजेको उहाँको जिकिर थियो ।

उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति र भ्रष्टाचारको अन्त्य गरेर मुलुक बनाउनुपर्छ ।” अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलहरुले भर्ती केन्द्रका रुपमा लिएकाले यस क्षेत्रले विकास गर्न नसकेको मन्त्री यादवको भनाइ छ । अस्पतालमा हाल भएका सेवाबारेमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले जानकारी गराउनु भएको थियो । २०० श्ययाको सो नयाँ भवनमा जडित उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने