२०८१, १० बैशाख सोमबार

सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा

सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा


विराटनगर , भदौ १५ :प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेपछि उच्च अदालतले बिहीबार सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकेको छ ।

अदालत र कानुन व्यवसायीको छलफलपछि अलगअलग इजलासमा तोकिँदै आएको सुन तस्करी र सनम हत्या मुद्दाको सबै पेसी बिहीबार २ नम्बर इजलासमा तोकिएको थियो । तर, सरकारी वकिलले पेसी स्थगित गराएकाले मुद्दामा सुनवाइ हुन पाएन ।

बार एसोसिएन मोरङ, सुनसरी र उच्च बार एकाइ विराटनगरले १२ भदौमा उच्च अदालतका न्यायाधीश र प्रशासनसँग अन्तरक्रिया गरी २२ बुँदे सुधारपत्र बुझाएका थिए । सुधारपत्रलाई आधार मान्दै अदालतको जनआस्थालाई ख्याल गर्दै कानुन व्यवसायी र न्यायाधीशबीच द्वन्द्व न्यूनीकरण गर्ने छलफल भएको थियो । छलफलपछि ७ भदौदेखिको अघोषित बेन्च बहिष्कार १३ भदौबाट हटाएका थिए । बिहीबारदेखि कानुन व्यवसायीले नियमति बहस थालेको उच्च अदालत बार एकाइका सचिव मेदनीप्रसाद सेढार्इंले बताए ।
– नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ७ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने