२०८०, १७ आश्विन बुधबार

‘अयोग्य’ झालाई प्राधिकरण अध्यक्षमा पुनः नियुक्ति !

‘अयोग्य’ झालाई प्राधिकरण अध्यक्षमा पुनः नियुक्ति !


काठमाडौं, भदौ १४: काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्ष नियुक्त गर्न सफिारिस गरिएको समाचार आजको नागरिकमा छापिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जना सहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समतिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रस्तावमा काम गर्न नसकेको भनेर सरकारले झालाई हटाएको थियो । अहिले मन्त्री बाँस्कोटाकै जोडबलमा झालाई अध्यक्ष पदमा पुनः नियुक्ति गर्न सिफारिस गरिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : ०७ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू