२०८१, २२ आश्विन मंगलबार

‘हिउँदमा पनि सिँचाइ आयोजना सञ्चालन गर्नुपर्छ’ : प्रचण्ड

‘हिउँदमा पनि सिँचाइ आयोजना सञ्चालन गर्नुपर्छ’ : प्रचण्ड


चितवन, १३ भदौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनका दुई सिँचाइ आयोजना हिउँदमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उहाँले नारायणी लिफ्ट र खगेरी सिँचाइलाई वर्षभरी नै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

दुवै आयोजना अन्तर सम्बन्धित रहेकाले कृषि क्षेत्रमा बहुआयामिक प्रभाव रहेको बताउँदै उहाँले हिउँद र वर्षा दुवै समय सञ्चालन गर्दा रोजगारी र उत्पादन बढाउन सकिने बताउनुभयो । नारायणी लिफ्टको पम्प परिवर्तन गरी नयाँ स्वरुपमा ल्याउनका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । दुवै आयोजना महत्वपूर्ण रहेकाले सङ्घीय सरकार मातहत रहनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतो, खगेरी सिँचाइ उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङ, नारायणी लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष पूर्णबहादुर रानाभाट, नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठक लगायतले दुवै सिँचाइ आयोजनाका बारेमा प्रकाश पार्नुभयो । खगेरी खोलाबाट नहर बनाइएको खगेरी सिँचाइ प्रणालीलले तीन हजार ९०० हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । नारायणी नदीबाट लिफ्टका माध्यमले पानी तानेर सिञ्चित गर्ने नारायणी लिफ्टले चार हजार ७०० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ । दुवै आयोजनाको सिञ्चित क्षेत्र भरतपुर महानगर हो ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ६ : ३० बजे

नवरात्रको छैटौं दिन : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्लपञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज

आजको मौसम अपडेट : केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पालिका अध्यक्ष बराललाई पाइप हस्तान्तरण

सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका

भारतीय स्वामित्वमा रहेको एसजेवीएनबाट एक करोड सहयोग

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा

राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको