Logo

सरकार समृद्धिको यात्रामा छ : मन्त्री कार्की



बनियानी, झापा, ८ भदौ: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि कार्ययोजना बनाएर सरकार अघि बढेको बताउनुभयो । “मुलुक समृद्धिको यात्रामा छ”, उहाँले भन्नुभयो, “धेरै समस्या आइरहेका छन्, तर यो यात्रा रोकिनेवाला छैन ।”

उहाँले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको बताउनुभयो । “सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “विकासको गतिमा गुणात्मक फड्को मार्नुपर्छ ।” सरकारले जनताको ढाड सेक्ने गरी कर लियो भनेर भ्रम सिर्जना गरिएको मन्त्री कार्कीले बताउनुभयो । “टमाटरमा कर, डोकोमा कर के–के भनेर भ्रम सिर्जना गरिएको छ”, उहाँले भन्नुभयो, “त्यस्तो केही होइन, हामी जनताका सेवक हौँ, शासक होइन ।” उहाँले गल्तीवश कुनै स्थानीय सरकारबाट गल्ती भएको भए त्यसलाई सच्याइने बताउनुभयो । व्यापारिक केन्द्रका रुपमा विकास हुँँदै गएको बिर्तामोड नगरपालिकामा आधारभूत समस्या समाधानमा समस्या देखिएको बताउँदै उहाँले भन्नुभयो, “केन्द्रीय सरकारसँग सहकार्य गरेर बिर्तामोडलाई समृद्ध बनाउन सहयोग गर्छु ।”

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश सांसद एकराज गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाका रुपमा बिर्तामोड खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १५ स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाई, शिवसताक्षी र अर्जुनधारा नगगरपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार