२०८०, १७ आश्विन बुधबार

नेकपा काभ्रेले छान्यो नेतृत्व अध्यक्षमा सूर्यमान दोङ र सचिवमा नारायण पाण्डे जिल्ला कमिटी नामवली सहित

नेकपा काभ्रेले छान्यो नेतृत्व अध्यक्षमा सूर्यमान दोङ र सचिवमा नारायण पाण्डे जिल्ला कमिटी नामवली सहित


बनेपा । पार्टी एकताका लागि पटक–पटक मिति तोक्दै आएको नेकपाको पार्टी केन्द्रले तोकिएको मितिलाई सारेर फेरि भोली ७ गतेभित्र केन्द्रमा पठाउन देशभरका जिल्ला नेताहरुलाई निर्देशन दिएको छ ।

नेकपा काभ्रेले जिल्ला कमिटीमा रहँनेहरुको नामावलीलाई केन्द्रमा पठाएको  छ ।  एकतामा पार्टी अध्यक्ष पाएको पूर्व माओवादी केन्द्रले ४७ प्रतिशत र पार्टी सचिव पाएको पूर्व एमालेले ५३ प्रतिशत जिल्ला कमिटी सदस्य प्राप्त गरेका छन् । जसअनुसार एमालेको भागमा ७७ जना र माओवादीको भागमा ६८ जनाले प्रतिनिधित्व गर्ने प्रस्तावित अध्यक्ष सूर्यमान दोङले बताए । पार्टीलाई जिल्ला तहमा एकीकरण गर्नका लागि जिल्ला र प्रदेशमा छुट्टाछुट्टै कार्यदल बनाइएको छ नेतृत्वलाई सर्वसम्मत बनाउनका लागि विगत एकसातादेखि जिल्ला नेताहरु काठमाडौंमा केन्द्रित भई व्यस्त रहेका थिए । काभ्रेमा १ सय ४७ जना जिल्ला कमिटी बनेको छ । त्यसमध्ये ४९ जनासम्मको जिल्ला सचिवालय बन्नेछ भने ७ जनाको अर्को छुट्टै कार्यालय टिम समेत गठन हुनेछ ।

जसमा एमालेबाट ४ र माओवादीबाट ३ जनाले प्रतिनिधित्व पाउनेछन् । जिल्ला अध्यक्षका लागि पूर्व एमालेबाट रामहरी सुवेदीले  र नारायण पाण्डे  दावी गर्दै आएका थिए । तर केन्द्रीय कमिटीमा समावेश नभएको लालध्वजलाई अघि सारिएपछि एमालेमा सचिवको जिम्मेवारीमा रहेका पाण्डेलाई सचिवमा नै कायम गरिएको छ । काभ्रेमा एमालले नेतृत्व पाउने भनिए पनि माओवादीले अध्यक्ष प्राप्त गरेपछि एमालेले सिन्धुपाल्चोकमा अध्यक्ष पाउने निश्चित भएको छ ।  पार्टी एकताले खुसी देखिएका कार्यकर्ताहरुमा केन्द्र र जिल्ला तहसम्मको एकता प्रकृयालाई पूर्णता दिने क्रममा भने आफूहरु कमिटीमा नपरेपछि नेतृत्वको आलोचना गर्दै निराशा व्यक्त गरिएका छन् । कमिटीमा परेकाहरुलाई कार्यालय टिम र सचिवालयको चिन्ता छ ।

                                    नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला कमिटीको नामवली

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १० : ५७ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू