२०८१, १० बैशाख सोमबार

पुरा भयो प्रधानमन्त्री केपी ओलीको सपना,घर–घरमा पाइपबाट पुगेको ग्यास बालेर उद्घाटन, कसरी सम्भव भयो हेर्नुहोस तस्वीर

पुरा भयो प्रधानमन्त्री केपी ओलीको सपना,घर–घरमा पाइपबाट पुगेको ग्यास बालेर उद्घाटन, कसरी सम्भव भयो हेर्नुहोस तस्वीर


मोरङ । धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनालाई खुबै उढाएका थिए । तर अब घर–घरमा पाईपबाट पुगेको ग्यास बालेर प्रधानमन्त्री ओलीले उद्घाटन गरेरै छो । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा मंगलबार उक्त सफल योजनाको निरिक्षण समेत गरे । केही दिनअघि मात्र घरघरमा पाइपबाट ग्यास पुर्‍याउँदा खुशी देखिएका स्थानीय मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली घर–घरमा ग्यास पाइपलाइन कार्यक्रम उद्घाटन गर्न पुग्दा झनै हौसिए ।

गोसेवा सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायोग्यास पुर्‍याएउने पहिलो चरणको काम सकिएको छ भने दोश्रो चरणको काम पनि जारी छ । प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन् । यो ग्यास एलपी ग्यासभन्दा सस्तो छ । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास अहिले स्थानीयको घर–घरमा पाइपबाट पुर्‍याइएको छ । गौशलादेखि झण्डै ३ सय मिटर टाढा रहेका ३५ वटा घरमा पहिलो चरणमा बायोग्यास जडान गरिसकिएको गो सेवाका प्रबन्धक अशोक यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गरेपछि नियमित रुपमा ग्यास बाल्न शुरु गरिनेछ । प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर यसअघि नै परीक्षण समेत गरिसकेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न शुरु गरिएको हो । यसअघि प्रधानमन्त्री बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घर–घरमा ग्यास पुर्‍याउने बताएपछि त्यहाँको समितिले यस विषयमा गम्भीर चासो दिएर अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याएको हो । ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै घर घरमा बायो ग्यास बल्न थालेको नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताउनुभयो ।

घरमा बालिएको ग्यासको मिटर अनुसार के कति बील उठ्छ, त्यो सबैले देख्ने स्थानमा मिटरमा राखिएको छ । चुल्होमा जोड्नुपूर्व ग्यासको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बील गौ सेवा सदनलाई भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ । घर–घरमा पाइपबाट ग्यास पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अवस्थामा यसरी विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सुरु भएको यो अभियान पछि स्थानीयमा ‘गर्यो भने सहजै ग्यास उत्पादन हुनसक्ने रहेछ’ भन्ने प्रमाण यो बायो ग्यास प्लान्टबाट देखिएको छ ।

यसबाट स्थानीय पनि खुशी देखिएका छन् । पहिलो चरणमा ३२ घरमा पु्र्याइएको ग्यास त्यसपछि १ सय घर पुुर्‍याइएको हो । गौशालामा पालिएका २ सय ७ वटा गाईबाट दैनिक २ हजार किलोग्राम गोबर उत्पादन हुुने र सोही गोबरबाट बायो ग्यास उत्पादन भइरहेको छ । एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने समितिले जनाएको छ । तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ । यो खुशीको खबर सबैले सेयर गरौँ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १ : १८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने