Logo

स्रोतसाधनको समुचीत प्रयोग गरिन्छ : मन्त्री बस्नेत



काठमाडौँ, २ भदौ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । फोकस नेपालको छैटाँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उहाँले समृद्ध मुलुकले मात्र जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन गर्न सक्ने बताउनुभयो ।

मुलुकको समृद्धिका लागि सबैले त्यागको प्रदर्शन गर्न सक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सरकार, राजनीतिक नेतृत्व, जनता सबैका तर्फबाट त्यागको आवश्यकता छ । त्यागबाट नै मुलुक निर्माणको महाअभियानमा संलग्न हुने उत्प्रेरणा प्राप्त हुनेछ । सबैले समृद्ध मुलुक निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ ।” मुलुकमा उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्न सकिएमा समृद्ध मुलुक सम्भव भएको बताउँदै उहाँले भन्नुभयो, “जलसम्पदा, वन जङ्गलको समुचीत प्रयोग गरेर विकासलाई जनस्तरमा पुग्ने गरी दिगो र प्रभावकारी बनाउन आवश्यक छ, शिक्षालाई गुणात्मक बनाउँदै सबैको पुहँचमा पु¥याउनु पर्छ, स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्नुपर्छ, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच नभए मुलुक समृद्ध हुन सक्दैन ।”

विकास र समृद्धि हासिल गर्न सरकार जिम्मेवार ढङ्गबाट अघि बढेको उल्लेख गर्दै मन्त्री बस्नेतले समृद्धिका लागि सरकार र प्रतिपक्ष नभनी सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रदूषण नियन्त्रणका लागि सरकार कडाइका साथ प्रस्तुत हुने जानकारी गराउँदै उहाँले कुनै व्यक्ति तथा संस्थाका कारण सिर्जित प्रदूषणबाट मानवीय क्षति भएमा सोही व्यक्ति र संस्थालाई जिम्मेवार बनाई कारबाही गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताउनुभयो ।

सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान शुरु गरेको उल्लेख गर्दैै उहाँले हरियाली प्रवद्र्धन, फोहोर व्यवस्थापन र सरसफाइ तथा प्रदूषण न्यूनीकरणमा सबैको सहकार्यको खाँचो औँल्याउनुभयो । शहरमा हरियाली देखिन छाडेकामा चिन्ता व्यक्त गर्दै मन्त्री बस्नेतले प्रत्येक शहरलाई हरियालीयुक्त बनाउन प्रदेश र जिल्लामा व्यवस्थित नर्सरीको स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विसं २०८५ भित्र पेट्रोलियम पदार्थबाट चल्ने ठूला सवारी साधनलाई विद्युतीय सवारी सधानमा प्रतिस्थापन गर्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी गराउनुभयो । समृद्ध नेपालको सपना साकार पार्न पर्यटन क्षेत्रलाई विशेष महत्व दिनुपर्ने उल्लेख्य गर्दै उहाँले बौद्ध स्तूप, स्वयम्भूनाथ, नमोबुद्ध, काँक्रेविहार र विदेशमा रहेका बौद्ध सम्पदालाई बौद्धमार्गीको धरोहरको केन्द्र लुम्बिनीसँग जोडेर ‘अन्तर्राष्ट्रिय बौद्ध परिपथ’ निर्माण गरी हजारौँ पर्यटक नेपाल भित्र्याइ आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार