२०८१, १० बैशाख सोमबार

नेपालमा लागु भएको नयाँ संहिताले सामाजिक सद्भाव बलियो बनाउँछ : कमल थापा

नेपालमा लागु भएको नयाँ संहिताले सामाजिक सद्भाव बलियो बनाउँछ : कमल थापा


काठमाडौँ, १ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आजदेखि लागू भएको नयाँ देवानी संहिताले मुलुकको सामाजिक तथा सांस्कृतिक सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठनले ५६औँ मुक्ति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले ती संहिता प्रयोग नहुँदै असन्तुष्टि र विरोधका स्वरहरु आउनु राम्रो सङ्केत नभएको धारणा राख्नुभयो । उहाँले जंगबहादुर राणाले प्रादुर्भाव गराएको छुवाछूत प्रथालाई कानूनीरुपमै अवैध ठह¥याउने गरी तत्कालीन राजा महेन्द्रले विसं २०२० मा नयाँ मुलुकी ऐन ल्याएको स्मरण गर्दै उहाँले कागजी रुपमा मात्र नभएर सामाजिकरुपमा नै छुवाछूत प्रथाको अन्त्यका लागि पार्टीले प्रत्येक वर्ष भदौ १ गते दिवस मनाउँदै आएको विचार व्यक्त गर्नुभयो । देशको समग्र जनसङ्ख्याको २० प्रतिशत हिस्सा ओगटेको दलित समुदायका अधिकारलाई संरक्षण गरी राज्यको मूलधारमा ल्याउन सङ्गठनका पदाधिकारीलाई अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

यसैबीच पार्टीको सङ्गठन विभागले प्रदेश नं ३ का जिल्ला सचिवलाई सूचना प्रविधिसम्बन्धी तालीम प्रदान गरेको छ । पार्टीका सदस्यलाई विद्युतीय अभिलेखमा आबद्ध गरी स्मार्ट कार्ड वितरण गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यस किसिमको तालीम सातै प्रदेशमा उपलब्ध गराइने जनाइएको छ

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ११ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने