२०८०, १५ चैत्र बिहीबार

लागुऔषध खरिदबिक्री गर्ने चार युवा पक्राउ

लागुऔषध खरिदबिक्री गर्ने चार युवा पक्राउ


लहान, १ भदौ: प्रतिबन्धित लागुऔषध खरिदबिक्री गरिरहेका अवस्थामा प्रहरीले सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुरबाट चार युवालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१३ बस्तीपुरस्थित आँप बगँैचामा झुपडी बनाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा लहान नगरपालिका–११ निवासी १८ वर्षीय विक्रमकुमार सदाय, लहान नगरपालिका–१३ निवासी २६ वर्षीय नन्दकुमार महतो तथा १९ वर्षीय दिलीपकुमार सदाय र धनगढी नगरपालिका–११ निवासी १९ वर्षीय सुरजकुमार सदायलाई पक्राउ गरिएको प्रहरीले आज जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट खरिद बिक्रीका लागि राखिएको फेनारगन २९३ एम्पुल, लुपिजेसिक २९३ एम्पुल, डाइजेल्याब २९३ एम्पुल र ना३२प ७३०६ र स६प ४२३ नम्बरको २ वटा मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ९ : १५ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय