Logo

काभ्रेमा बाढीले पुष्प खेतीमा २ करोड बढीको क्षति (फोटो फिचर)



गएको बिहिबार राति अविरल बर्षासँगै आएको बाढीले काभ्रेपलाञ्चोक जिल्लामा पुष्प ब्यवसाय नराम्ररी प्रभावित बनेको छ । फ्लोरिकल्चर एशोसिएन अफ नेपाल काभ्रेका अनुसार उक्त दिनको बाढीले २ करोड ४२ लाख ५० हजार मूल्य बराबरको फूल खेतीमा क्षति पुगेको हो ।पुण्यमाता खोलामा आएको बाढीले सबैभन्दा बढी धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको होरिजन नर्सरी प्रभावित भएको छ । नर्सरीका सञ्चालक विरेन्द्र श्रेष्ठका अनुसार कार्नेशन जातको फूलको ३० हजार वटा विरुवा र २ हजार वटा लिमूनियन फूलका विरुवा बाढीबाट नोक्सानी भएका छन् ।

बाढीले क्षति पुर्याएको कार्नेशन जातको फूलको विरुवा

बाढीले पुण्यमाता खोला आसपास सञ्चालनमा रहेका अधिकांश पुष्प फार्म प्रभावित भएका छन् । बाढीबाट जर्बेरा, गुलाफ, गोदावारी, एस्टोमारिया र सयपत्रीका गरी ५५ हजार ५ सय बोट विरुवामा क्षति पुगेको फ्लोरिकल्चर एशोसिएन अफ नेपाल काभ्रेका सचिव भेष बहादुर दनुवारले जानकारी दिए ।

बाढीले क्षति पुर्याएको गुलाफ फूलको विरुवा

बाढीले पुर्याएको क्षतिको शनिबार पुष्प विकास केन्द्र गोदावरीका केन्द्र प्रमूख द्रोणनाथ काफ्ले, फ्लारेकिल्चर एशोसिएन अफ नेपालका केन्द्रिय अध्यक्ष कुमार कसजुसहितको टोलीले स्थलगत निरिक्षण समेत गरेको छ । पुष्प खेतीको बिमा गर्न समेत कानुनी रुपमा समस्या रहेको भन्दै अध्यक्ष कसजुले विपदबाट हुने क्षतिको परिपूर्ती गर्न आगामी दिनमा छुट्टै कोषको ब्यवस्था गरिने बताए । काभ्रे जिल्लामा ब्यवसायीक रुपमा दर्ता भएका १७ वटा पुष्प फार्म रहेका छन् ।

बाढीले सबैभन्दा बढी क्षति पुर्याएको धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको होरिजन नर्सरीमा जानकारी लिदैँ धुलिखेल उद्योग वाणिज्य संघ अध्यक्ष मञ्जु कुमार कोजु

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार