२०८०, ८ आश्विन सोमबार

काभ्रेको बेथानचोक गाउँपालिका पूर्णखोप युक्त घोषणा

काभ्रेको बेथानचोक गाउँपालिका पूर्णखोप युक्त घोषणा


काभ्रेको बेथानचोक गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको हो ।

पालिकाको १ देखि ६ वटा वडामा रहेका खोप लगाउने उमेर समूहका बालकालिकाहरुले खोपको मात्र पुरा गरेकाले पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको बेथानचोका गाउँपालिकाका स्वास्थ्य संयोजक ललिता आर्चायले जानकारी दिइन् । ‘अहिले पालिकाभित्र खोप उमेर समूहका बालबालिकाले खोप लगाइसकेका छन्, उनले भनिन्,‘खोप बालकालिकाको नैसंर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्नो बालबच्चालाई स्वास्थ्यसंस्थामा लगेर खोप लगाउनुपर्छ ।’ गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी तथा १८ ओटा खोप केन्द्र मार्फत स्थानीयले सेवा लिँदै आएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सनाले पूर्णखोप गाउँपालिका बनाउन भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै पालिकाभित्रका कोहि पनि बालबालिका खोपबाट बञ्चित हुन नदिन थप कार्यक्रम गर्दै लैजाने बताए । प्रमुख कार्यकारी अधिकृत टेकराज आचार्यले दक्षकर्मचारीबाट मात्र स्वास्थ्य सुविधाको सुनिस्चितता हुने भएकोले कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै स्वास्थ्य स्वयम् सेविकाहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, काभ्रेका जनस्वास्थ्य अधिकृत नेत्र प्रसाद न्यौपाने, वडाअध्यक्षहरु सोमनाथ घिमिरे, भगवान घिमिरे, दिल बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, खजेन्ची बहादुर लामा, विष्णु तामाङ्, पार्वती मा.विका प्राध्यानाध्यापक गोविन्द प्रसाद शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागि रहेको थियो ।

प्रकाशित मिति : २०७५, २४ असार आईतबार  ५ : २८ बजे

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

काठमाण्डौ । पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच

भारतमा बेचिएका दुई किशोरीको उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा