२०८१, ६ बैशाख बिहीबार

काभ्रेमा विमानस्थल बन्ने सुनिश्चित (मन्त्रीलाइ स्थानीयले के भने)

काभ्रेमा विमानस्थल बन्ने सुनिश्चित (मन्त्रीलाइ स्थानीयले के भने)


जिल्लामा एउटा मात्रै भएपनि विमानस्थल बनाउने काभ्रेलीहरुको सपना लगभग दुई दशकपछि पूरा हुने भएको छ । राजधानीबाट निकै नजिक रहेको जिल्ला काभ्रेमा विमानस्थल बन्ने सुनिश्चि भएको हो । मंगलबार नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी नेतृत्वको टोलीले जिल्लाको तीन स्थानको स्थलगत रुपमा अवलोकन समेत गरेको छ ।

काठमाण्डाैबाट विषय विशेषज्ञ टोलीको नेतृत्व गर्दै काभ्रे आइपुगेका मन्त्री अधिकारी र सुचना तथा सञ्चार राज्य मन्त्री गोकुल बास्कोटाले एकै स्वरमा एउटै मञ्चबाट भने अब विमानस्थल पक्का बन्छ । पर्यटनमन्त्री अधिकारीको टोलीले बनेपाको नागीडाँडा, धुलिखेलको देविस्थानडाँडा ठूलीचौर र पात्लेखेतको चिसापानी ठूलीचौरको स्थलगत अवलोकन गरेको थियो । यी तीनै ठाउँमा यसअघि पनि पटक पटक विमानस्थलको सम्भाब्यताबारे अध्ययन भने नभएको होइन् । तर अस्थीर सरकारका कारण अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन् ।

बनेपाकाे नागीडाँडा । अान्तरिक विमानस्थल बनाउन काभ्रेका तीन स्थनमध्य याे पनि पहिलाे नम्बरमा परेका छ ।

देशको एक मात्र त्रिभूवन विमानस्थलमा अत्याधिक विमानको चाप बढेपछि सरकारले काभ्रेमा बैकल्पिक एयरपोर्ट कुनै पनि हालतमा बनाउने बताएको छ । पर्यटनमन्त्री सहितको टोली विमानस्थलको जग्गा हेर्न स्थलगत रुपमै आएपछि अहिले जिल्लामा एयरपोर्ट निर्माणको बहस चुलिएको छ । मन्त्री अधिकारीसँग  जिल्लाका जनप्रतिनिधिपनि स्थलगत अवलाेकनमा सहभागि भएका  थिए ।

हाम्रो सपना पुरा हुदैँछःमन्त्री बास्कोटा
हामीले काभ्रेमा एउटा एयरपोर्टको कल्पना गरेको बर्षौ भइसक्यो । त्यो कल्पना काठमाण्डौमा विमानको चाप नियणन्त्र गर्ने उद्देश्यले थिएन् । हामीले परिकल्पना गरेको सत्य कुरा के थियो भने हामी तीब्र आर्थिक विकास चाहान्थ्यो । त्यो तीब्र आर्थिक विकासको सम्भावना भनेको पर्यटन क्षेत्र हो ।

काभ्रे जिल्ला पर्यटन क्षेत्रका लागि अत्यन्तै उर्वभर भूमि मानिन्छ । कुहिरोका कारण काठमाण्डौमा पर्यटन क्षेत्र प्रभावित हुदैँ आइरहेको थियो । त्यसैले हामी काठमाण्डौ नजिकैबाट एउटा स्थान दिन चाहान्थ्यौ । जहाँबाट देशभर जाने पर्यटकहरु सहजरुपमा जान सकून । त्यो भनेको टुईनटर विमानस्थलको परिकल्पना गरेका थियौँ ।

त्यसैले काभ्रेमा एउटा विमानस्थल चाहिन्छ । चाहे त्यो त्रिभूवन विमानस्थलको बैकल्पिक भएपनि नभएपनि । किन भने काठमाण्डौँ सहरको नै बैकल्पिक काठमाण्डौ काभ्रे जिल्ला बन्दै छ । काठमाण्डौ विस्तार हुने भनेको काभ्रे नै हो । किन भने हेटौँडा जान सुरुङ मार्ग खन्नुको विकल्प छैन् । काठमाण्डौ आफै जोडिएर विकास भएको ठाउँ नै काभ्रे हो । त्यहि भएका कारण यो जिल्लाको उपयुक्त ठाउँमा एउटा विमान स्थल चाहन्छ भन्ने हो । माननीय पर्यटनमन्त्री ज्यू आउनु भएको छ र हाम्रो प्रयासलाई सार्थक बनाउने उहाँको टोली र म आफै पनि । मेरो मन्त्रालयले यसमा खास भूमिका त राख्दैन । तर पनि ब्यक्तिगतरुमा यो कार्यका लागि उहाँलाई झकझक्याई रहने छु ।

अब विभिन्न बहानामा विमानस्थल निर्माण गर्न नदिने बाटोमा कोहि पनि लाग्नु हुदैन् । तपाईहरुलाई थाहा नै छ । नेपालमा समुन्द्र छैन् । तर समुन्द्र दुषित भएकै कारण हाम्रो हिमाल प्रदुषित हुन्छ । त्यसैले कहाँ, कहाँ प्रदुषित हुन्छ । जंगल कहाँ मासिनुपर्छ, कहाँ मासिनु हुदैँन् । क्षतिपूर्ती कहाँ तिर्नुपर्दैन, कहाँ धेरै तिर्नुपर्छ । हामी प्रसस्त पैसा भएर विमानस्थल बनाउन लागिरहेका छैनौँ । हामीसँग भएका स्रोत र साधनलाई बढी प्रयोग गरेर कम मूल्यमा र छिटो सकाउनेमा छौँ । त्यसैले वातावारणको कुरा निकालेर विकास हुन दिदैँनौँ भन्नु मुर्खता हो ।

१५ दिनभित्र एयरपोर्टको स्थान टुंगो लाग्छः मन्त्री अधिकारी
म आज काभ्रेमा विभिन्न विषय विशेषज्ञ सहितको टोली लिएर एयरपोर्टको जग्गा हेर्न आएको हुँ । म सहितको टोलीले काभ्रेको तीन ठाउँमा सम्भावित स्थलहरुको अवलोकन गरेका छौँ । अबको एक दुई दिनभित्रै एउटा विषय विशेषज्ञ समिति बनाउनेछु । र १५ दिनभित्र एयरपोर्टका लागि उचित स्थान छनौट भएको खबर काभ्रेली जनताले सुन्न पाउनु हुनेछ ।

म पर्यटन मन्त्री भइसकेपछि एक सय दिनको कार्य योजनामा पनि आन्तरिक विमान स्थलको कुरा उल्लेख गरेको थिए । यसअघि पनि यी ठाउँहरुमा एयरपोर्टको सम्भाब्यता अध्ययन भइसकेका छन् । त्यसैले आजको स्थलगत अध्ययन, पहिले भएका अध्ययनलाई समेत पुनःअध्ययन गरेर छिट्टै टुंगोमा पुर्याउने छौँ । यो एयरपोर्ट आन्तरिक जहाजहरुका लागि हुने छ । यो निर्णय लिदाँ स्थानीयको भावना, देशको आवश्यकता, लगानी, उडान र अवतरणको रुटलाई पनि ध्यानमा दिएर प्रतिवेदन आउँछ । त्यसैको आधारमा मन्त्रालयले काम अघि बढाउँछ ।
यो एयरपोर्टले काभ्रेको आवश्यकतालाई पनि पुरा गर्छ । त्रिभूवन विमानस्थलको चापलाई पनि कम गराउने भएकाले छिट्टो बन्छ । सबैको सल्लाह सुझावका आधारमा काभ्रे जिल्लामा विमानस्थल बन्छ । यसमा कुनै दुविधा छैन् ।

के भन्छन स्थानीय
जिल्लाको तीन ठाउँको विमान स्थल निर्माणका लागि जग्गा स्थलगतरुपमा पर्यटनमन्त्रीको टोलीले अवलोकन गरेपछि धुलिखेलमा अन्तरक्रिया भएको थियो । बनेपाको नागीडाँडा आसपासका स्थानीयहरुले हरेक हिसाबले यहि ठाउँ उपयुक्त भएको मन्त्रीलाई बताएका छन् भने धुलिखेलका केहिले देविस्थान डाँडामा विमानस्थल बनाउँनै नहुने तर्क गरे । बनेपा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापाले नागीडाँडा सबै हिसाबले उपयुक्त भएको भन्दै यहि ठाउँमा एयरपोर्ट बनाउन प्रस्ताव गरे । देव कुमार तामाङले पनि नागीडाँडा उपयुक्त भएको मन्त्रीलाई सुनाए ।

धुलिखेलमा भएको अन्तक्रियामा सहभागि मन्त्री अधिकारी सहितको टोली

धुलिखेलका पर्यटन ब्यवसायी अरुण श्रेष्ठले देवीस्थान डाँडामा कुनै पनि हालतमा विमानस्थल बनाउन उपयुक्त नभएको तर्क गरे । उनले दीर्घकालिन सोच बनाएर मात्रै अघि बढ्न आग्रह गर्दै वन बिनास गरेर विकास नगर्न आग्रह गरे । तर धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विष्णु धितालले भने विमान निर्माणका लागि आफु जस्तो सुकै पहल गर्न पनि तयार रहेको भन्दै धुलिखेलमै विमानस्थल बनाउन मन्त्री समक्ष प्रस्ताव गरे ।

जग्गाको भाउ ह्वात्तै बढ्यो
विमानस्थल बन्ने हल्लाले बनेपा, धुलिखेल, पनौती लगायतका स्थानमा जग्गाको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनसम्म सुनसान रहेका ठाउँमा विमानस्थलको जग्गा हेर्न भनिएको सम्भावित ठाउँहरुमा रातारात जग्गा कारोबारमा संलग्न एजेन्टहरु पुगेर जग्गा खरिद बिक्री गरेको स्थानीयहरुले बताएका छन् ।

नागीडाँडामा विमानस्थल भन्ने लगभग सुनिश्चित जस्तै देखिएको भन्दै हल्ला फैलिएपछि जग्गा कारोबारीहरु सल्बाएका हुन् । उनीहरुले जग्गा धनीलाई ललाई फकाई, दोब्बरसम्म मूल्य तिर्न आफुहरु तयार रहेको भन्दै गाउँ पुगेको स्थानीयहरुले बताए । पर्यटनमन्त्रीले अवलोकन गरेको तीन स्थान मध्ये १५ दिनपछि मात्रै उपयुक्त स्थानको छनौट भइसक्ने बताएपनि आजैबाट विमानस्थल बन्न सुरु भएजसरी जग्गाको भाउ बढाइएको छ ।

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ५ : १५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता