२०८१, ९ बैशाख आईतबार

पहिले लेकमा भैसीगोठालो थिएँ,अहिले खुवाब्यवसायी

पहिले लेकमा भैसीगोठालो थिएँ,अहिले खुवाब्यवसायी


म सानै उमेरदेखि महाभारत लेकमा गाईभैसीगोठालो हिडियो । विद्यालयको त आगँन पनि टेक्न पाइन् । तर हिम्मतकहिल्यै हारेरन् । जिल्लाको अति विकट डाँडापारी क्षेत्रको गोकुले कूपिनटारमा जन्मिएका जीवनाथ तिमल्सिना अहिले गाउँमामात्रै होइन जिल्लाकै मूख्यमूख्य सहर बजारमा समेत चिनिएका छन् । “पहिलो महाभारत लेकमा भैसी, गाई सबै छाडा छोडिन्थ्यो, उनले भने “विहान बेलुका खोजेर ल्याएर दुध दुने गरिन्थ्यो ।” सानोमा कलम समाउन सकाउनु भएन् । बाआमाले दुध दुन सिकाउनु भयो । सबैभन्दा सोझो गाईको दुन लगाउनु हुन्थ्यो ।

२०३६ सालबाट जगलमै खुवा बनाउन सुरु गरेका उनी अहिले सफल खुवा ब्यवसायीका रुपमा चिनिन्छ । जन्मथलो कुपिनटार छोडेर उनी २०६० साल देखि बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा बस्दै आएका छन् । “मैले विद्यालयको पढाई त कत्तिपनि पढेको छैन्, उनले भने “पछि प्रौढ शिक्षा पढेँ,अहिले त्यसैबाट काम चलाइरहेको छु ।”भूग्देउमा आएर गाई र भैसी गरी १० वटा दुहुना थिए उनको । पछिल्लो समय उमेर ढल्किएसँगै गाईभैसी पनि घटाउँदै लगेका छन् । तर ब्यापार भने बढेको छ । गाउँमा छिमेकीले पालेका गाई भैसीको दुधआफै संकलन गर्छन, खुवा बनाउँछन्, सहर पठाउँछन् । उमेरले ५२ वर्ष पुगेका जीवनाथको ब्यवसायलाई उनका कान्छा छोरा र श्रीमतीले साथदिदैँ आइरहेका छन् । स्नातक पढ्दै गरेका उनका छोरा पनि समय मिलाए खुवा बनाउने काम गर्छन् । जीवनाथ अहिले दैनिक ६० लिटर दुधको खुवा बनाउँछन् । “मैले त पढ्न पाइन्, छोरालाई पढाइरहेको छु, मेरो आफ्नै चाँहि एउटा गाई र भैसी दुहुना छ, त्यसबाट १० लिटर दुध आउँछ उनले भने “बाँकी ५० लिटर दुध छिमेकीबाट लिन्छ, यति दुधबाट दैनिक६ देखि ७ धार्नी खुवा निस्कन्छ ।” खुवाबाट मात्रै मासिकआम्दानी २० हजार
खुवा बनाउन सजिलो छैन् । दुधलाई पकाई, पकाई कुर्याउनीबनाउनु पर्छ । “काम त कुनै पनि सजिलो हुदैँन्, उनले भने “तर सजिलो मानेर गर्नुपर्छ ।”गाउँमै गाडी पुगेको छ । पहिलेको जस्तो भारिया लगाएर सहरसम्म पुर्याउनु पदैन् । फोन गरिदिएमात्रै पुग्छ । आफु पनि जानु पदैन् । पनौतीमा ठेक्केदारलेलिइ हाल्छन् ।  सबै खर्च कटाएर मासिक २० हजार रुपियाँ रकमखुवाबाट मात्रै आम्दानीहुने गरेको उनले सुनाए ।“दैनिक १ हजार रुपैयाँकमाई हुन्छ, उनले भने “तरत्यसमादउरा र अरु सरसामानकिन्ने पैसा कटाएर २० हजार चाँहिचोखो आम्दानी हुन्छ।”
खुवाबेच्ने, जग्गाकिन्ने, तरकारी फलाउने
जन्मथलो गोकुलेबाट भूग्देउ आएर गाईभैसी किनेर ल्याउँदाजीवनाथलगभग रित्तै भइसकेका थिए । तर अहिले न्यू महाँकालकृषिफार्म र न्यू महाँकालदुध संकलन केन्द्र आफ्नै नाममादर्ता गरेर ब्यवसायगरिरहेका छन् । गाउँमै सिँचाई लाग्ने ठाउँमा १४ रोपनीजग्गाकिनेका छन् । जुनजग्गामाकाउली, बन्द, मुला, खुर्सानी, गोलभेडाँ, काक्रो लगायतका तरकारी रोपेका छन् ।“गाईभैसी किनेर ल्याउँदालगभग सबै सकिसकेको थियो आफुसँग भएको रकम, उनले भने “अहिले गाउँमै जग्गाजमिनकिनेको छु, फुर्सद एकछिन पनि छैन्, खुवाको काम सक्ने वित्तिकै तरकारी खेती हेर्न दौडिहाल्नुपर्छ ।”सबैभन्दाखुशी नै यहि पेसामा छु । घरपरिवार यसैबाट चलेको छ ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ३ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने