२०८०, १५ चैत्र बिहीबार

राजस्वमा इँट्टाभट्टाहरुको रजगज प्रशासनको मिलेमतोमा काभ्रेका इँट्टाभट्टाद्वारा करोडौं राजस्व छली

राजस्वमा इँट्टाभट्टाहरुको रजगज प्रशासनको मिलेमतोमा काभ्रेका इँट्टाभट्टाद्वारा करोडौं राजस्व छली


बनेपा । काभ्रेमा संचालनमा आएका अधिकांश इँट्टा उद्योगहरुले राज्यलाई तिर्नुपर्ने राजस्व छली गरेको पाइएको छ । जिल्ला प्रशासन र प्रहरीको मिलोमतोमा त्यस्ता उद्योगहरुले राजस्व छली गर्ने गरेका हुन् । जिल्लाको पाँचाखाल, कुन्ताबेशी, भकुण्डेबेशी, बनेपा–नाला लगायतका क्षेत्रमा त्यस्ता उद्योगहरु सञ्चालित छन् ।

उद्योगका लागि आवश्यक कोइला ल्याउने ट्रकलाई रातको समय पारी प्रशासनकै रेखदेखमा भट्टासम्म पु¥याइने गरिएको छ । वीपी राजमार्गमा त्यस्ता ठूला ट्रकहरुको आवतजावतमा प्रशासनले निगरानी राख्नु पर्ने भए पनि उनीहरुकै मिलेमतोमा त्यस्ता साधनहरु उद्योगस्थलसम्म निर्वाध रुपमा पुग्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय भने सामान्यतया त्यस्ता ट्रहरुलाई आफूले नपठाएको बताउँछन् ।

काभ्रेमा स्थापना गरिएका इँट्टा उद्योगीहरुले उद्योगको उत्पादन क्षमता कम देखाएर आवश्यक सबै निकायसँग कागजात मिलाएरै दर्ता गर्ने गरेका छन् । उनीहरुले दर्ताकै समयमा नै प्रशासनले उद्योगीहरुसँग मोटो रकमको लेनदेन गरी उद्योग स्थापना हुने गरेको पाइएको छ । त्यस्ता उद्योगहरुको पछि लेखा परीक्षण समेत प्रशासनको मिलेमतोमा हुने गरेको जानकारहरु बताउँछन् । उद्योग वाणिज्य विभाग यसको अभिन्न अंग जस्तै हो । काभ्रेको घरेलु तथा साना उद्योगले कागजी प्रकृया पूरा गराउँदै दर्ता हुने यस्ता उद्योगहरुले मापदण्ड नपुग्ने भएपछि अड्किने र अड्काउने सबै निकायसँग मोटो रकमको व्यवस्थापन मिलाएर उद्योग दर्ता गर्ने गरेका छन् ।

कसरी गर्छ इँट्टाभट्टाहरुले राजस्व छली ?
काभ्रेको पछिल्लो पटक घोषणा गरिएको पाँचखाल नगरपालिका यसअघि कृषि उत्पादनको उर्वरभूमिको रुपमा परिचित भएको भए पनि अहिले प्रदुषित शहरको रुपमा परिचय बनाउँदैछ । यो नगरपालिकामा अहिले अनियन्त्रित रुपमा वातावरणीय अवस्थालाई ख्यालै नगरी दर्जनको हाराहारीमा इँट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् । यी उद्योगहरुले नगरबासीहरुको स्वास्थ्यमा प्रतिकुल असर त पु¥याइरहेकै छन् त्यसका साथै उनीहरुले राज्यलाई नियमले तिर्नुपर्ने करोडौं राजस्वसमेत छल्दै आएको देखिएको छ ।

यसरी राजस्व छल्ने आँट भने उनीहरुले प्रशासनबाटै प्राप्त गरेको बुझिन्छ ।  पाँचखाल नगरपालिको वडा नं. ८ होक्सेमा रहेको उपकार फिक्स चिम्नि इँट्टा उद्योग त्यस्तै प्रशासनको संरक्षणमा सञ्चालित एउटा उद्योग हो । यो उद्योगले एउटा इँट्टालाई १४ देखि १५ रुपियाँका दरले विक्री वितरण गर्दै आएको पाइएको छ । तर, उद्योगले हरेक उपभोक्ता (क्रेता) लाई भने कम मूल्य लिएको वील काट्ने गरेको रोशी साप्ताहिकले प्राप्त गरेको छ । रोशी साप्ताहिकले काभ्रेमा गरेको विभिन्न इँट्टा उद्योगहरुको अनुसन्धानबाट उपकार फिक्स चिम्नि इँट्टा उद्योगले सबै उपभोक्ताहरुलाई ७ रुपियाँका दरले मात्रै भ्याट वील काटेर आधाभन्दा बढी राजस्व छल्ने गरेको फेला पारेको हो । करदाता नम्बर ३०४५०२१६३ रहेको उक्त उद्योगले साल नखोलिएको वीलका अनुसार कार्तिक १२ गते ७ हजार इँट्टा एक उपभोक्तालाई विक्री गरेको देखिन्छ । उक्त उद्योगले ७ हजार इँट्टाको १ लाख ४५ सय नगद लिए पनि बीलमा भने ३५ सय इँट्टाको ७ रुपियाँको दरले २४ हजार ५ सय रुपियाँको ३ हजार १ सय ८५ रुपियाँ राजस्व समेत गरी २७ हजार ६ सय ८५ रुपियाँको मात्र वील उपलब्ध गराएको पाइएको छ । तर उपभोक्ताले भने पूरै मूल्य तिरेका छन् । उता उद्योगले ती उपभोक्तालाई बेचिएको इँट्टाबाट १३ हजार ५ सय ८५ रुपियाँ राजस्व दाखिला गर्नुपर्ने देखिन्छ ।

सोही उद्योगसँग सम्बन्धित रामचन्द्र पाण्डेले १५ भन्ने गरिएको तर प्रतिगोटा १४ रुपियाँ ५० पैसासम्ममा उपब्ध गराउने जनाए । उनले ७ रुपियाँ दरले खरिद गरेको मात्रै भ्याट बील काट्दै आएका छौं, रोशीसँगको फोन सम्वादमा उनले भने । इँट्टाा उद्योगहरुका अनुसार कोइला लगायत अरु सामान खरिदको १६ रुपियाँ २० पैशाको भ्याट सहित ३२ रुपियाँ तिर्ने गरेका छौं । आफूहरु खरिद गर्ने गरेको बील नै देखाउन सक्ने ती उद्योगीहरुको दावी छ । उपकार इँट्टा उद्योगकाअनुसार हामीले मात्रै होइन सबै भट्टाहरुले यसरी नै गर्ने हो । इँट्टा भट्टाहरुले खरिद गर्ने कोइलाको पनि राजस्व छली भएरै थोरै पैसाको मात्रै वील तिर्ने गरिएको बुझिएको छ ।

यसैगरी पाँचखालमा सञ्चालिन नवदुर्गा इँट्टा उद्योग, हनुमान, पलाञ्चोक भगवती, दोलखा भीमसेन, पलाञ्चोक भगवती चाइनिज इँट्टा सहित अर्को एउटा पनि सञ्चालित छ । वातावरण परीक्षण नभएको र राज्यको कुनै मापदण्ड पूरा नगरी ती उद्योगहरु सञ्चालन गरिएको स्थानीयहरु बताउँछन् । राज्यको मापदण्डअनुसार ३ किलोमिटरको दुरीमा इँट्टा उद्योग स्थापना गरेको हुनुपर्ने प्रावधान रहेको छ । तर राजनीतिक दललाई निर्वाचनमा मोटो रकम खर्चिएर उनीहरुकै आडभरोसामा केही मसलदारहरुलाई हात लिएर उद्योगहरु सञ्चालित भएको पाइएको छ । त्यसैगरी स्थानीयहरुलाई पनि डीपबोरिङमा सहयोग पु¥याउने नाटक मञ्चन गरिएको छ । उद्योगहरु विद्यालय, मन्दिर, घना बस्तीबाट निकै नजिक स्थापित भएका छन् । कुनै पनि भट्टा एक कि.मी.को दुरीमा समेत छैनन् । यसबाट स्थानीबासी, विद्यार्थी लगायत मारमा परेको देखिएको छ । भुकम्प पीडितलाई समेत प्रलोभनमा पारी आखिर स्थानीय मसलदारलाई नै पोस्ने काम गरेको एक स्थानीयले रोशीलाई बताएका छन् । उद्योगले भुकम्प पीडिटका नामा १० हजार रुपियाँमा १ हजार इँट्टा दिने सहमझदारी गरेका थिए । तर त्यसको प्रतिहजारमा ५ सय स्थानीय गुण्डाहरुलाई दिनुपर्ने गरी पीडितहरुलाई मूल्य निर्धारण गरेको पाइएको छ ।

उद्योग स्थापनाका लागि प्रारम्भिक कागजात मिलाउनुपर्ने स्थानीय तह पाँचखाल नगरपालिका भने जनतालाई जस्तो मार परे पनि बेखबर जस्तै भएर कानमा तेलहालेर बसेको छ । यसअघि पनि पाँचखाल नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको मिलेमतोमा कोशीदेखा लगायतका क्षेत्रमा अवैध बालुवा चोरी निकासी भएको थियो । त्यसले अझै निरन्तरता पाइरहेको छ । यसमा पनिस्थानीय गुण्डाहरुको प्रत्यक्ष साथ लिएर अवैधानिक र गलत क्रियाकलापलाई नगरपालिकाले प्रोत्साहन गर्दै आएको छ । यसैगरी काभ्रेको नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा पनि दर्जनकै हाराहारीमा अवैद्य इँट्टा उद्योगहरु सञ्चालित छन् । ती इँट्टा उद्योगहरुले पनि करोडौंको राजस्व छली गर्दै आएको पाइएको छ ।   रोशी साप्ताहिकबाट साभार 

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ८ : २१ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय