Logo

कांग्रेस संसदीय दलको नेतामा देउवा अत्याधिक मतले विजयी



फागुन २१, काभ्रे । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले ६३ मत मध्ये ४४ मत प्राप्त गरी अत्यधिक मतका साथ विजयी भएका छन् ।

निर्वाचन सोमबार दिउँसो सम्पन्न भएको थियो । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले जम्मा १९ मत मात्रै प्राप्त गर्न सफल भएका छन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसदहरु रहेका छन् । देउवा समुहकै केही सांसदले निर्वाचनमा लज्जास्पद हार सभापति देउवाकै कारणले व्यहोर्नु परेको भन्दै व्यापक असन्तुष्टि जाहेर गर्दै आएका थिए । नेपाली कांग्रेसका समानुपातिक र प्रत्यक्ष गरी पौडेल समुहमा १९ जना, कृष्णप्रसाद सिटौलाका ३ जना, खुमबहादुर खड्काका ५ जना सांसद छन् । संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा देउवाको प्रतिष्पर्धी सिंहलाई आंकलन गरिएअनुसारको मत आएको देखिएको छैन ।

दलको नेतामा पार्टी सभापति देउवा नै चयन भएपछि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका मध्ये एक केन्द्रीय सदस्य चन्द्र भण्डारीले कडा टिप्पणी गर्दै भनेका छन्, ‘विभेदपूर्वक समानुपातिकको भीड जम्मा गरेर आफूलाई भोट हाल्न लगाउनु ठूलो कुरा होइन । ठुलो कुरा उहाँको नेतृत्वमा पार्टी कुन स्थानमा छ भन्ने नै हो’ नेतृत्व परिर्वतनको अभियान चलाउने ६ जना नेता मध्येका भण्डारीले भनेका छन्, ‘महत्वपूर्ण सवाल दासहरुको भेलाले युद्ध जित्न सकिँदैन ।’ अर्का सदस्य गगन थापाले संसदीय दलको निर्वाचनबाट नेतृत्व फेर्नुपर्छ भन्नेहरुलाई धक्का लागेको बताउँदै भनेका छन्, ‘यसले नेतृत्व परिर्वतनको अठोटबाट हामी थाक्छौं भन्ने होइन । लागिरहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार