२०८१, ७ बैशाख शुक्रबार

प्रदेश ३ को राजधानी बनेपा, आइटी पार्कमा मुख्यमन्त्रीको कार्यालय : सांसद हुमागाई

प्रदेश ३ को राजधानी बनेपा, आइटी पार्कमा मुख्यमन्त्रीको कार्यालय : सांसद हुमागाई


चुनावका बेला काभ्रे जिल्लाका प्रदेश र प्रतिनिधिसभाका उम्मेवादहरुले काभ्रेलाई प्रदेशको राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । तर अहिले अस्थायी राजधानी मकवानपुरको हेटौडा तोकिएको छ । मूख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखले सथप हेटौँडाबाट नै लिइसकेका छन् । अब त्यो बेला जनाएको प्रतिबद्धता अनुसारको काम हुन्छ कि, हुदैन भन्ने बहस चलिरहेको छ ? यसै सन्दर्भमा काभ्रे प्रनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख) का सांसद बसुन्धरा हुमागाईसँग गरेको कुराकानी

काभ्रे नै किन प्रदेशको राजधानी हुनुपर्छ ?
सबैभन्दा पहिलो कुरा सबैलाई पायक पर्ने ठाउँ हुनुपर्छ । हाम्रो प्रदेशमा रहेका १३ वटा जिल्लाहरुको पायक पर्ने ठाउँ भनेको काभ्रे नै हो ।

सबै भनेको प्रदेश सासंदहरुलाई पायक पर्ने ठाउँ ?
राजधानीमा आउने सांसद मात्रै होइनन् । विभिन्न काम लिएर १३ वटा जिल्लाकै नागरिकहरु मन्त्रालय आउनुपर्ने हुन्छ । र उपत्यकाका ३ वटा जिल्लालाई छुट्याएर हेर्दा काभ्रे नै उत्तम विकल्प हो प्रदेशको स्थायी राजधानीका लागि । समृद्ध प्रदेश बनाउन आवश्यक पर्ने सबै चीज उपलब्ध गराउन काभ्रे जिल्ला तयार छ । हामी यहाँबाट निर्वाचित प्रदेश सांसदहरु त्यसको समन्वय गर्न कुनै कसुर बाँकी राख्ने छैनौं ।

काभ्रेलार्य प्रदेश राजधानी बनाउने तपाईहरुले के कस्तो पहल गर्नुभएको छ त ?
सबैभन्दा पहिलो कुरा अहिले हामी प्रदेशको संसद चलाउने नियमावली बनाउने तयारीमा छौ । विधिवत रुपमा केही कानुन, नियमावली र नियमहरु पास गर्र्छौँ । त्यो अबको वैठकले गर्छ । त्यसपछि विभिन्न नीतिगत प्रस्तावहरु सदनमा पेस हुन्छन् । त्यसैमा प्रदेश राजधानी सार्ने प्रस्ताव पनि हामी काभ्रेली प्रदेश सांंसदहरुले लैजान्छौँ ।
प्रस्ताव लैजानुभन्दा अघि राजधानी उपत्यकाका प्रदेश सांसदसँग घनीभूत रुपमा छलफल गर्दछौँ । अन्य जिल्लाका सांसदहरुसँग हाम्रो एकचरणको छलफल भइसकेको छ । उहाँहरु सबै सकारात्मक हुनुहुन्छ । विधिवत् ढंगबाट दुई तिहाईभन्दा बढी सांसदहरुको संख्याले काभ्रेमा राजधानी सार्र्ने निर्णय गर्छ ।

भौगोलिक रुपमा त काभ्रे नै हुनुपर्छ भन्नुभयो अन्य आधार पनि छन् कि ?
भौगोलिक सुगमता एउटा पाटो हो । विश्व विद्यालय पनि यहीं छ । पर्यटनका हिसाबले यो ठाउँ अति उत्तम छ । केन्द्रीय राजधानीबाट नजिकको जिल्ला हो । त्यत्ति मात्रै होइन, प्रदेशको वैठक सकेर माननीयहरु केन्द्रीय मन्त्रालयसम्म काम गर्न एकैदिन भ्याउनु हुन्छ । जुन अहिले हेटौँडाबाट सम्भव छैन् ।

हेटौँडामा काभ्रेका कुनै पनि प्रदेश सांसदले कोठा पनि नखोजेको पाइयो किन ?
हामी राजधानी नै आफ्नै जिल्लामा सार्ने तयारीमा जुटिरहेका छौँ । कोठा खोजेर पाउने बेलासम्म त हेटौँडाबाट राजधानी काभ्रे सरी सकेका हुन्छौं ।

अस्थायी राजधानी ल्याउन त सक्नु भएन अब स्थायी राजधानी बन्छ भनेर कसरी काभ्रेलीले विश्वास गर्ने ?
हो, हामीले मात्रै होइन नेपाली काँग्रेसका साथीहरुले पनि चुनावका बेला भनेका थिए । कामचलाउ सरकारकै प्राविधिक टोलीले पनि हेटौँडालाई सिफारिस गरेको अवस्था थिएन । तर त्यो बेला हामी निर्णय गर्ने ठाउँमा थिएनौँ । अहिले हाम्रो पक्षमा उपत्यका भित्र मात्रै होइन चिवतनका प्रदेश सांसदहरुले समेत खुलेर समर्थन जनाउनु भएको छ । त्यही भएर अस्थायी होइन स्थायी राजधानी काभ्रे हुन्छ । प्रदेशको राजधानीका विषयमा पार्टीको ह्वीप लाग्दैन् । हामी मान्ने पक्षमा पनि छैनौ । काभ्रेली जनतालाई चुनावका बेला हामीले बोलेका कुरा पूरा हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दछु ।

अब आश प्रदेश राजधानीको मात्रै छ, मन्त्री चाँहि एकजना पनि नपाउने भयो हैन काभ्रेले ?
हाम्रो दावी मन्त्रीमा हँुदै होइन । हामीले प्रदेशको मन्त्री हुन्छौँ भनेर भोट मागेका पनि थिएनौँ । हामीलाई मन्त्रीको लोभ पनि छैन । हाम्रो एकमात्रै चाहना भनेको प्रदेश राजधानी काभ्रे हुनुपर्छ भन्ने हो । हाम्रो मुख्य माग नै त्यही थियो । अहिले पनि त्यही छ । यो विषयबाट हामी पछि हट्दैनाँै । हामी कुनै प्रकारको समिति, उपसमितिको प्रमूख, उपप्रमूख पदमा अल्झिएर बस्दैनौँ ।

मन्त्रीको लोभ नभएको की पहुँच नपुगेको ?
यसलाई तपाईले जसरी ब्याख्या गर्न पनि पाउँनुहुन्छ । त्यो तपाईको ठाउँमा छ । तर वास्तविक कुरा के हो भने हामीले समग्र जिल्लाको समृद्धिको पक्षलाई हेर्ने हो । प्रदेश राजधानी बसिसकेपछि त्यो पूरा हुन्छ ।

राजधानीको भइहाल्यो भने केन्द्र चाँहि कुन ठाउँ तोक्नुहुन्छ ?
प्रदेश नम्बर ३ को स्थायी राजधानीको केन्द्र काभ्रेको बनेपामा हुन्छ । आइटीपार्कमा मूख्यमन्त्रीको कार्यालय रहन्छ । त्यसपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुलाई प्रयोगमा ल्याएर हामी मन्त्रालयको भौतिक पूर्वधार तयार गर्छौँ ।

बनेपालाई नै किन प्रदेशको स्थायी राजधानी हुनुपर्छ भनेर लविङ गरिरहनुभएको छ ?
आइटीपार्क बनेपा, धुलिखेल र पनौती नगरपालिकाको संगम स्थान हो । यो ठाउँमा मूख्य मन्त्रीको कार्यालय रहन्छ । र तीन वाटै नगरपालिकामा मन्त्रालयहरु स्थापना हुन्छन् । त्यसो हुँदा क्षेत्रगत रुपमा हेर्दा नि प्रदेशसभाका तीनवटा क्षेत्रमा मन्त्रालय विस्तार हुन्छन् । त्यो एउटा भौगोलिक हिसाबले पनि हामीलाई साथ दिएको छ ।

प्रदेशको मुकाम सञ्चालन गर्न भौतिक पूर्वाधार पुग्छन् त ?
भौतिक पूर्वाधारको ब्यवस्थापन गर्न हाम्रो जिल्ला तयार छ । नयाँ भवन तत्काल बनाइ हाल्नुपर्ने अवस्था छैन । हामीसँग भएका शैक्षिक तालिम केन्द्र, जिल्ला शिक्षा कार्यालय, पशुसेवा कार्यालयमा मन्त्रालाय सञ्चालन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलबार  ७ : ३३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता