२०८१, १० बैशाख सोमबार

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि निर्वाचित

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि निर्वाचित


काभ्रे । नेकपा एमालेको प्रदेश नम्बर ३ को संसदीय दलको निर्वाचनले मकवानपुरका सांसद डोरमणि पौडेललाई दलको नेतामा निर्वाचित गरेको छ । प्रदेश नम्बर ३ मा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेको चर्चा भए पनि संसदीय दलको निर्वाचनमा भने पौडिेल निर्वाचित भएका छन् । दलको नेताको लागि राजेन्द्र पाण्डेले दावी गर्दै आए पनि उनले उम्मेदवारी भने दिएनन् । यससँगै पौडेललाई प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संसदीय दलको नेता चुन्न एमालेको शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाएकी थिइन् । प्रदेश नम्बर ३ मा नेकपा एमालेको ५८ जना सांसद छन् । निर्वाचित भएपछि पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७४, २६ माघ शुक्रबार  ६ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने