२०८१, ८ बैशाख शनिबार

नयाँ सरकार गठनमा अवरोध नगर : वामगठबन्धन

नयाँ सरकार गठनमा अवरोध नगर : वामगठबन्धन


काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेताले नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । काठमाडौंमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनको विषय अघि सारेर नयाँ सरकार गठनमा अवरोध नगर्न आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले सरकार गठनमा राष्ट्रिय सभाको कुनै सम्बन्ध नरहेको भन्दै संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको दाबीसमेत गरे । राष्ट्रियसभा अध्यादेशलाई लिएर सरकार र नेपाली कांग्रेसले निहुँ खोजेको ओलीको आरोप थियो । उनले राष्ट्रपतिलाई असंवैधानिक कामका लागि दबाब नदिन चेतावनी समेत दिए ।

नयाँ जनमतलाई उपेक्षा गर्दै सरकारले दुरगामी प्रभाव पार्ने किसिमका नियुक्ति, सरुवा, बढुवा गरेको भन्दै गठबन्धनले आपत्तिसमेत जनाएको छ । सरकार गठनका विषयमा संविधानको गलत व्याख्या गरिरहेको भन्दै त्यसले जनमतको अवमूल्यन भएको समेत गठबन्धनले जनाएको छ । गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारलाई संविधानको गलत व्याख्या नगर्न, संविधान कार्यान्वयनमा अवरोध नगर्न र लोकतान्त्रिक प्रक्रियाबाट प्रकट भएको जनमतलाई अवमूल्यन र अनादर नगर्न आग्रह गर्छौं ।’ विज्ञप्तिमा ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वानसमेत गरिएको छ ।

गठबन्धनले निर्वाचनका केन्द्रीय घोषणा पत्र र स्थानीय प्रतिबद्धता कार्यान्वयन गरी जनता र राष्ट्रको सेवामा समर्पित हुने संकल्प पनि गरेको छ । नेपालको संविधानद्वारा निर्देशित रही स्वतन्त्र परराष्ट्रनीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र र विशेषतः छिमेकी देशहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध राख्ने पनि गठबन्धनले जनाएको छ ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य
२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित गर्नुुहुने दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरुका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक राजनीतिक दलहरु,उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुलाई हार्दिक वधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।

त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासको आधारमा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चार माध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।

हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौं । नेपाली समाजमा विद्यामान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पिडन विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेका छौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौं । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायित्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सवल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता, एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यवहारिक रुपमा सार्थक तुल्याउन प्रतिवद्ध छौं । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र,विशेषतः छिमेकी देशहरु त्था अन्तर्राष्ट्रिय संघ,संस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं ।

यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौं र यस निर्वाचनमा आपसी तालमेल गरेका हौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासील गर्न प्रतिवद्ध छौं । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौं ।

हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौं र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षागर्दछौं । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं ।

निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरित छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी सरकारलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।

केपी शर्मा ओली

अध्यक्ष

नेकपा (एमाले)

पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष

नेकपा (माओवादी केन्द्र)

मिति : २०७४ पुष २ गते

प्रकाशित मिति : २०७४, २ पुस आईतबार  ९ : ५१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता