२०८१, ११ बैशाख मंगलबार

एक हजार २० कर्मचारीवाट छानिए उत्कृष्ट पाँच उत्कृष्ट पाँचमा कृषिका कृष्ण धिताल

एक हजार २० कर्मचारीवाट छानिए उत्कृष्ट पाँच उत्कृष्ट पाँचमा कृषिका कृष्ण धिताल


काठमाण्डौं÷इन्ट्याग्रीटी आइडल को चौथो संस्करण ‘इन्ट्याग्रीटी आइडल नेपाल २०१७ का का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, बन विभाग बबरमहलमा सहायक बन अधिकृतको पदमामा कार्यरत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका गणित शिक्षक सबराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी रहेका छन् ।

मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गर्नका लागि अख्तियार दुरुपयोगग अनुसन्धान आयोगका भुतपूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा नेपाल सरकारका पूर्व सचिव जिवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहेका छन् ।

न् २०१४ मा पाँचथरका तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल हुनुभएको थियो भने सन् २०१५ मा गुल्मीका तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल बिजेता हुनुभएको थियो । त्यसै गरेर सन् २०१६ को विजेता शिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोर विक्रम श्रीस हुनुहुन्थ्यो । नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, मालि, नाईजेरीया र दक्षिण अफ्रिका लगायतका देशमा विस्तार भैसकेको छ ।

इन्ट्याग्रिटी आइडलका लागि १५ जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७१ जिल्लाबाट १ हजार २० वटा मनोनयन प्राप्त भएका थिए । देशभरबाट अनलाई, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । इन्ट्याग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलले उत्कृष्ट पाँचको छनोट गरेका थिए ।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१७ को छनोट गरिने छ । एसएमएस र वेभसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ । कृष्ण धितालका लागि भोटिङ कोड ०१, सबनम पाठकका लागि ०२, सबराज बमका लागि ०३, शेषनारायण पौडेलका लागि ०४ र सृजना तिवारीका लागि ०५ निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर क्ष्क्ष्ल् टाइप गरी स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ ईन्टरनेटबाट बाट पनि गर्न सकिने छ त्यसका लागि www.integrityidol.org/countries/nepal/ मा गएर भोट गर्न सकिने छ । भोट गर्ने अवधि मंसिर ११ गते सोमबार देखि सुरु भएर मंसिर २४ गते आईतबार राति १२ बजे सम्म खुल्ला रहने छ ।

इन्ट्याग्रिटी आइडलको महत्व नेपाल सरकारका निजामति कर्मचारीले गरेका सृजनात्मक अभ्यास र उनिहरूले अवलम्बन गरेका सकारात्मक आचरणको कदर गर्दै, नयाँ पुस्तालाई पनि त्यसको अनुशरण गर्न पे्ररीत गर्नु हो । सिंगो संयन्त्र भित्र रहेर काम गर्ने अन्य राष्ट्र सेवक कर्मचारीलाई आफ्नो जिम्मेवारी प्रति पुर्ण जवाफदेहि बनाउनुका साथै नागरिक र सरकार बिचको सम्बन्ध विश्वसनिय, सकारात्मक र पारदर्शि बनाउने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याब का प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । काभ्रेको कृषि कार्यालयमा कार्यरत कृष्ण धिताल किसानकै खेतमा पुगेर कृषकलाई सेवा दिने कर्मचारीको रुपमा रहेका छन् ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  २ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने