२०८१, १३ बैशाख बिहीबार

बसुन्धराको रहर, शुद्ध खानेपानी र ब्यवस्थित सुन्दर नमुना शहर

बसुन्धराको रहर, शुद्ध खानेपानी र ब्यवस्थित सुन्दर नमुना शहर


बसुन्धरा हुमागाई आम सर्वहारा श्रमजीवी जनताका प्रिय नेता हुन्, जसले आमुल सामाजिक परिवर्तनका लागि आफ्नो जीवनलाई नियमित रुपमा आम जनता र मुलुकको हितक लागि समर्पित गर्दै आएका छन् । श्रमजीवी सर्वहारा वर्गको नेतृत्व गर्न निपुण योद्धाको रुपमा परिचित उनले निर्वाचनमा आफू विजयी भएपछि गरेका प्रतिबद्धता पूरा गर्न तयार रहेको उद्घोष गरेका छन् । न्याय र समानताका निम्ति जनतासँगै बसेर भूमिका खेल्ने बसुन्धराको जन्म २०२७ साल मंसिरमा काभ्रेको भूमिडाँडा गाविसमा भएको थियो ।
हुमागाईले गाउँमै रहेको भालेश्वर मावि मल्पीमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा अनेरास्ववियु पाँचौंको सदस्यता लिएका थिए । सानै उमेरदेखि राजनीतिप्रति रुची राख्ने हुमागाईले इन्द्रेश्वर उच्च मावि पनौतीमा अध्ययन गर्दा भने अखिल छैठौंको सदस्यता पनि लिए । त्यसै शिलशिलामा उनी २०४४ सालदेखि ०४७ सालसम्म चौमको कार्यकर्ता समेत भए । पछि माधवप्रसाद अधिकारी र रामप्रसाद अधिकारीहरुले उनलाई २०४७ सालमा नेकपा मालेको सदस्यता दिलाए र उनी तत्कालिन मालेको सदस्य भए ।

०४८ देखि ०६४ सालसम्म पार्टीको गाउँ इलाका सदस्यको जिम्मेवारी लिएका उनी त्यसअघि नै गाउँ पार्टी सचिवको जिम्मेवारी बहन गरिसकेका थिए । अखिल नेपाल किसान महासंघ काभ्रेको कोषाध्यक्ष र ०६४ देखि एमालेको जिल्ला कमिटी सदस्य भएका उनी ३ कार्यकालदेखि जिल्ला कमिटीमा रहेका छन् । अहिले उनी एमालेको जिल्ला कमिटी सचिवालय सदस्य छन् । सामाजिक क्षेत्रमा उनको अतुलनिय योगदान रहेको छ । उनैको सक्रियताले आफ्नो पेरिफेरिमा विभिन्न सामाजिक गतिविधिले दुर्गम र ग्रामीण समुदायले समेत प्रसस्तै लाभ प्राप्त गरेका छन् ।
यसैगरी इन्द्रदेवी निमावि कँलाती भूमिडाँडाको लामो समयसम्म व्यवस्थापन समितिको अध्यक्ष रहेर आफ्नो ठाउँको शिक्षाको विकासमा समेत उनको ठूलो योगदान रहेको छ । उनले हाल वालप्रकाश माविको विद्यालय ब्यवसथापन समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै अएका छन् । समुदायमा हस्तान्तरण भएका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको जिल्ला अध्यक्ष भएर विद्यालय सुधारका कार्यहरुमा नीतिगत निर्णय गराउन उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
०५४ सालको स्थानीय निर्वाचनमा कँलाती भूमीडाँडा गाविसको अध्यक्ष भएर गाविसलाई नमूना बनाए बापत उनी धेरैपटक पुरस्कृत समेत भए । भूमिडाँडाको रेडक्रस उप–समितिमा उप–सभापति हुँदै कँलाती सानाकिसान कृषि सहकारीको अध्यक्ष भएर ग्रामीण भेगमा भएको पूँजीलाई गाउँमा नै परिचालन गरी किसानहरुको जीवनस्तर उठाउन उनले गरेको योगदानलाई जनताले सधैं प्रशंसा गर्ने गरेका छन् ।
व्यक्तिगत कामलाईभन्दा सामुदायिक कामलाई सर्वोपरि ठान्दै पार्टी संगठन परिचालनको क्रममा निरन्तर लागेका हुँमागाईले पार्टी सांगठानिक जीवनमा विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्दै नेकपा एमालेलाई जनतामा स्थापित गराउने दायित्व पूरा गर्दै आए । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका हुँमागाई वाम गठबन्धनको तर्फबाट काभ्रेको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ मा उमेद्वार बनेका छन् ।

जनतमा हुमागाईले यस्तो प्रतिवद्धता जनाएका छन्
बसुन्धराले जनताको प्रतिनिधि भएर काम गर्ने अनुभव गाविस अध्यक्ष भएर लिइसकेका छन् । उनले आफ्नो कार्यकालमा बनेपा नगरालिका र धुलिखेल नगरपालिका र पनौती नगरपालिकालाई स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्छ भनेर विगतदेखि नै लाग्दै आएका थिए । अहिलेको निर्वाचनमा उनी निर्वाचि भएमा उक्त योजनालाई पूर्णता दिने उपयुक्त अवसर मिल्ने अभिव्यक्ति दिएर नगरका जनताको मन–मनमा हुमागाई प्रवेश गरिरहेका छन् । भूमिडाँडाको मूलको पानी नगरमा ल्याएर खुवाउने संकल्प उनले गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको आर्थिक विकासका लागि समाजवाद उन्मुख एजेण्डाहरु प्रस्तुत गरेका छन् । उनले प्रदेशको राजधानी काभ्रेलाई बनाउनेदेखि लिएर बनेपा वरिपरि करिडोरको विकास गरी बनेपालाई वाणिज्य केन्द्रको रुपमा विकास गर्ने उनको योजना रहेको छ । बनेपा शहरलाई सफा, सुन्दर र हराभरा बनाउने, पर्यटन उद्योगको विकासका लागि पूर्वाधारहरुको निर्माण गर्ने भुकम्प पीडितलाई टहराबाट आवासमा सार्ने लगायतका योजनाहरु जनतामाझ प्रस्तुत गरेका छन् । उनले भ्रष्टाचारमुक्त समाजका लागि सुशासनको अभियान सञ्चालन गर्ने, पनौतीमा दुग्ध चिस्यान केन्द्रको निर्माण गर्ने कृषि र पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी जनताको आर्थिक स्तरमा सुधार ल्याउने उनको योजना रहेको छ । त्यसैगरी ग्रामीण क्षेत्रको सडकहरुको स्तरोन्नती गरी जनताको दैनिक जीवनलाई सहज बनाउन उनले चाहेका छन् । शिक्षा र स्वास्थ्यलाई पनि ग्रामीण गरिव जनताको पहुँचमा पु¥याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  १२ : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने