२०८०, १६ चैत्र शुक्रबार

कडा सुरक्षाका बीच रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

कडा सुरक्षाका बीच रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै


गत १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा शुक्रबार १५ गते पुनःमतदान हुने भएको छ । मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो । मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुनः मतदान सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदानका लागि मतदान अधिकृतलगायतका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको बताएको छ । निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानका लागि कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो । बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने उहाँले बताउनुभयो । दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

बाँफीकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहनुभएका तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबिसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँबर मतदान अधिकृतका रुपमा खटिनुभएको छ । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत खसेको थियो । आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेको थियो । दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  ८ : ३६ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय