२०८०, ५ आश्विन शुक्रबार

कांग्रेस नेता गच्छदार भन्छन् : विपक्षीहरु अनर्गल प्रचार गर्दैछन्

कांग्रेस नेता गच्छदार भन्छन् : विपक्षीहरु अनर्गल प्रचार गर्दैछन्


इनरुवा । नेपाली काङग्रेसका नेता तथा उप्रधानमन्त्री एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले प्रतिद्धन्दी एमालेका उमेदवारहरु निर्वाचनमा पराजित हुने अवस्थामा पुगेर मतदातालाई भ्रमित पार्न अनर्गल प्रचारमा लागेको बताउनुभएको छ ।

बिहिबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो । एमालेका कार्यकर्ताहरुले नेपाली काङग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभाका उमेद्वार गच्छदारबाट बामगठबन्धनकी उम्मेदवारलाई लक्षित गर्दै आफू पराजित हुने क्षेत्रमा धेरै समय बर्बाद गर्नुको अर्थ नभएको बताउनुभएको थियो । मन्त्री गच्छदारले चुनाव हार्ने त्रासका कारण विपक्षीले झुठा हल्ला फैलाएको आरोप पनि लगाउनुभयो

मन्त्री गच्छदारले चुनाव लडने सबैको अधिकार भएको बताउनुहुदै चुनावमा विजय भने एकजनाको हुने भएकोले आफूले बामगठबन्धनको समय,जनशक्ति र फजुल खर्च बचोस भनेर सुझाव दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७४, ३० कार्तिक बिहीबार  ६ : ४५ बजे

आज देशभर बर्षाको सम्भावना, कोशी, मधेस र गण्डकी प्रदेशमा ठूलो वर्षा र चट्याङ्ग

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ