२०८१, ६ बैशाख बिहीबार

पहिलो चरणको निर्वाचन पछि वाम गठबन्धनमा उत्साह , काभ्रेको जनमत वामपन्थीको पक्षमा उर्लिदै, काँग्रेस इातिहासमै कमजोर हुर्दै, हेर्नुस् फोटो फिचर

पहिलो चरणको निर्वाचन पछि वाम गठबन्धनमा उत्साह , काभ्रेको जनमत वामपन्थीको पक्षमा उर्लिदै, काँग्रेस इातिहासमै कमजोर हुर्दै, हेर्नुस् फोटो फिचर


काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलोचरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा छिटफूट घटना बाहेक आम मतदाताको अमूल्य मतदान कार्य सम्पन्न भएको छ । लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन संपन्न हुँदै गर्दा अस्ति १० गते आइतबार सम्पन्न भएको ३२ जिल्लाको निर्वाचनमा वाम गठबन्धनलाई खसेको मतको आंकलन गर्दै वामपन्थीहरु निकै उत्साहित देखिएका छन् ।


निर्वाचनको संघारमा देशरभर गठबन्धन गरी दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुई तिहाई मत प्राप्त गर्ने र देशलाई राजनीतिक स्थायित्व दिएर स्वाधिनता, संवृद्धि, सुशासनका साथ समाजवादमा पुग्ने लक्ष्यका लिएर जनपक्षीय सरकार गठन गर्न वाम गठबन्धनले सम्पूर्ण ध्यान केन्द्रित गरेको देखिएको छ ।  यसैअनुरुप पहिलो चरणमा भएको प्रतिनिधिसभा सदस्यको ३७ सिट र प्रदेशसभा सदस्यका लागि भएको ७४ सिटमा वाम गठबन्धनले सोचेभन्दा राम्रो परिणाम आएको निष्कर्ष निकाल्दै दोस्रो चरणको निर्वाचनमा पनि आम मतदाताले लोभलालच, भय र त्रासमा नपरी विवेकपूर्ण ढंगले वामपन्थीको पक्षमा मत जाहेर गर्ने र देशलाई राजनीतिक स्थायित्व प्रदान गरी प्राप्त उपलब्धीको संस्थागत विकासका लागि बल प्रदान गर्ने विश्वास वाम गठबन्धनले गरेको छ । वाम गठबन्धनका केन्द्रीय नेताले भने, ‘देशमा शान्ति, स्थिरता र सम्पन्नताका लागि जनताले विवेक पु¥याएर निर्णय गर्नेछन् ।’

प्रतिनिधिसभा सदस्यका लागि देशभर १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिएको छ भने ७ वटा प्रदेशमा विभाजन गरिएको नयाँ संरचनाअनुसार प्रदेशसभा सदस्यका लागि ३ सय ३० निर्वाचन क्षेत्र कायम गरिएको छ । त्यसैगरी मिश्रित निर्वाचन प्रणाली अपनाइएको निर्वाचनमा प्रतिनिधिसभामा १ सय १० समानुपातिक सांसद कायम हुनेछन् भने प्रदेशसभाका लाग २ सय २० सिटमा समानुपातिक सांसद चुनिनेछन् । प्रत्यक्ष सदस्यका लागि जस्तै आम मतदाताले समानुपातिक सदस्यका लागि समेत मतदाता गर्नेछन् । नयाँ संरचनाअनुसार तीन तहमध्ये स्थानीय तहको ७ सय ५३ तहमा निर्वाचन सम्पन्न भई अधिकांश तहमा वामपन्थीहरु निर्वाचित भएका छन् । यसकै आधारमा दुई ठूला वाम दलहरुको गठजोडका कारण देश वामपन्थीमय भएर वाम गवठबन्धनको पक्षमा जनलहर देखिएको छ ।

वाम गठबन्धनसँग भिड्न नेपाली कांग्रेसको अगुवाईमा लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई गठबन्धनकै बीचमा तीब्र प्रतिष्पर्धा हुनेछ । यसबाहेक अन्य साना दलहरु पनि निर्वाचनमा सहभागी छन् । काभ्रेमा भने लगभग वामपन्थीहरुको सझा प्रतिनिधिको रुपमा वाम गठबन्धन नै देखिएका छन् । वामपन्थीहरुको राम्रो जनमत भएको काभ्रेमा वाम गठबन्धनले लालकिल्ला बनाएर पुरानो अवस्थामा काभ्रेलाई फर्काउनका लागि सबै शक्ति केन्द्रित गरी अभियानलाई तीब्रता दिएको पाइएको छ । तुलनात्मक रुपमा वाम गठबन्धनका साझा उम्मेद्वारहरु चरित्रका हिसाबले पनि अरुभन्दा अब्बल देखिएका छन् ।

प्रतिनिधिसभाका लागि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार एवं नेपाली कांग्रेस काभ्रेका सभापति तथा केन्द्रीय प्रशिक्षण विभागका निर्देशक मधुप्रसाद आचार्य वाम गठबन्धनको प्रतिष्पर्धी भए पनि जनमतको हिसाबले उनी निक्कै पछाडि देखिन्छन् । उनका प्रतिपष्र्धी वाम गठबन्धनका गोकुल बास्कोटाले काभ्रे क्षेत्र नं. २ का मतदाताको व्यापक समर्थन पाइरहेका छन् ।
वास्कोटा एमाले काभ्रेका प्रभावशील नेता र प्रष्टताका साथ विपक्षीको भ्रम चिरफार गर्ने क्षमता राख्छन् । विद्यार्थी राजनीति, पत्रकारिता हुँदै पार्टी केन्द्रमा समेत बलियो पहुँद स्थापित गर्न सफल उनी एमालेको केन्द्रीय स्कूल विभागका सदस्य र एमाले काभ्रेको ३ कार्यकाल चालाएका अध्यक्ष समेत हुन् । प्रकाश, दृष्टि, सम्बोधन लागायतका वाम साप्ताहिक पत्रिकाहरुमा सक्रिय पत्रकारिता गर्दैगर्दा पार्टी राजनीति हावी हुँदै बलियो पक्कड जमाउन सफल वास्कोटा यसपटकको प्रतिनिधिसभाका लागि सर्वसम्मत वाम उम्मेद्वार समेत हुन् । प्रतिनिधिसभाका लागि उनको यो दोस्रो पटकको प्रतिष्पर्धा हो । एमाले, माओवादी केन्द्र, नेकपा माले, नयाँ शक्ति पार्टी नेपाल, साध्यबहादुर भण्डारी लगायतका वामपन्थी शक्तिहरुले उनलाई सहयोग पु¥याइरहेका छन् ।


नयाँ शक्तिमा डा. बाबुराम भट्टराई आत्म केन्द्रित भएको निष्कर्ष निकाल्दै देशभर रहेका ७० भन्दा बढी केन्द्रीय कार्यकारिणी र परिषद सदस्यहरु वाम गठबन्धनलाई समर्थन गरी स्थायी सरकार र विकासको ढोका उघार्न चुनावी मैदानमा होमिएका छन् । यससँगै काभ्रेमा पनि नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार नेता तथा कार्यर्कर्ताहरुले वाम गठबन्धनलाई समर्थन गरी वाम गठबन्धनसँगै घरदैलो अभियानमा जुटेको नयाँ शक्ति पार्टी नेपालका डा. भरत लामिछानेले बताएका छन् । त्यसैगरी नेकपा मालेका रणबहाुदर बोहोरा पनि सँगै चुनावी मैदानमा वाम गठबन्धनलाई सघाइरहेका छन् । वामहरु फेरिएको व्यवस्थालाई जनताले परिवर्तनको अनुभूत गर्ने गरी देश र जनतालाई विकास र सुशासन दिन अग्रसर देखिएको विश्लेषण गरिएको छ । त्यसका लागि काभ्रेका अधिकांश वाम शक्तिहरु केन्द्रित भएका छन् ।

वामपन्थीहरु धु्रवीकृति हुँदै एकिकृत शक्तिको रुपमा आएपछि लोकतान्त्रिक गठबन्धन बनाएर शक्ति आर्जन गर्दै विचलित मनस्थितिमा देखिएको नेपाली कांग्रेस चुनावी मैदानमा आफ्नो फितलो उपस्थिति देखाइरहेको छ । पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा वाम गठबन्धनले ३७ सिटमा ३० सिटको आंकलन गरेको छ । त्यसैगरी दोस्रो चरणको आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको १ सय २८ सिटका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा पनि वाम गठबन्धनले अधिकांश स्थानमा जित हाँसिल गर्ने अनुमान गरिएको छ । त्यसमा काभ्रेको प्रदेशसभा र प्रतिनिधि सभा गरी ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित हुने निश्चित देखिएको छ । वाम गठबन्धनको मत केन्द्रित हुँदा काभ्रमा नेपाली कांग्रेस विचलित अवस्थामा पुगेको विश्षेषकहरुको भनाई छ । त्यसो त काभ्रेका फरक पृष्ठभूमिका कांग्रेका उम्मेदवारका कारण पनि वाम गठबन्धनलाई विजयी बन्न सहज भएको बताइन्छ ।

लोकतान्त्रिक गठबन्धनका मधुआचार्य पनि पत्रकारिताको अनुभव संगालेका शालिन सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । कसैप्रति छुद्र हिसाबले प्रस्तुत नहुने भद्र नेताको गुण भएका आचार्य काभ्रे कांग्रेसका आदर्श पात्र भए पनि वामहरुको बलियो उपस्थिलाई चिर्न सक्ने अवस्थामा नभएको उनी निकटका नेता कार्यकर्ताकै विश्लेषण छ । त्यसो त उनलाई पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईको समेत सहयोग नहुने अनुमान गरिएको छ । नेपाली कांग्रेसभित्र वौद्धिक नेताको रुपमा आफ्नो स्थान सुरक्षित गरेका आचार्यलाई पूर्वसभापति हुमागाई विगतको झोंक फेर्ने दाउमा रहेको बुझिएको छ । आचार्य संविधानसभाको पहिलो निर्वाचनमा पनि काभ्रेको निर्वाचन क्षेत्र नं. १ बाट धेरै मतअन्तरले पराजित भएका थिए । उनलाई त्यतिबेला पनि हुमागाई पक्षधरका नेता कार्यकर्ताले खुलेरै असहयोग गरेका थिए ।

प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार  ५ : ३२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता