२०८१, ३ बैशाख सोमबार

चन्द्र लामाले भने : म जनताको सेवक बन्न चाहन्छु , एक पटक सेवा गर्ने मौका दिनुहोस्

चन्द्र लामाले भने : म जनताको सेवक बन्न चाहन्छु , एक पटक सेवा गर्ने मौका दिनुहोस्


बनेपा । वाम गठबन्धनका साझा उमेदवार काभ्रे प्रदेश सभा क्षेत्र नं. १ ख को चन्द्र लामाले आफुलाई जनताको सेवक बन्ने अवसर दिन जनतासामु अनुरोध गरेका छन् । उनले शनिवार काभ्रेको डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काभ्रेको समृद्धिको सपना वाम गठबन्धनले मात्र पुरा गर्न सक्ने बताएका हुन ।

उनले घरदैलो र कोण सभालाई सम्बोधन गर्दै आम शुभचिन्तक र मतदाताहरुलाई बमध्वज र चन्द्र लामा भनेको एउटै भएकाले चुनावी अभियानमा होमिनका लागि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका समेत गरेका थिए । लामाले आगामि निर्वाचनमा आफु र आफ्नो पार्टीलाई विजयी गराउन सबैमा आग्रह गरेका छन् । आफ्नो बाल्यकाल देखिको विगत संम्झदै आफु हुर्केको खेलेको ठाउँलाई स्वास्थ्य, शिक्षा, सडक, संचार र यातायात लगायत विभिन्न क्षेत्रको विकासका लागि आफुले योगदान दिर्दै आएको स्मरण गर्दैै यस भेगका जनताले वाम गठबन्धनका साझा उमेदवार मतदान गरी विजयी गराउनु हुन्छ भन्ने कारमा आफूलाई विश्वास रहेको बताए । सम्बोधनकै क्रममा उनले भने ‘यो भूगोल शिक्षाको हिसावले डिग्रीसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गर्ने, खानेपानीको समस्यालाई पूर्ति गर्ने र स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने कामको लागि बाँकी समय दिन तयार रहेको उल्लेख गरे ।’ यसैगरी लामाले भने आफुले प्राप्त गरेको उमेदवारको टिकट चन्द्र्र लामाको लागि होइन आम जनता, समुदायको विकास र समृद्धिका भएको बताउर्दै सबैलाई निर्वाचनको वेला अझ गम्भिर र सशक्त भएर लाग्नको लागि आग्रह गरेका थिए ।


यसैगरी निवर्तमान सांसद रामहरी सुवेदीले बाम गठबन्धनसंग जनताको साथ रहेकाले भोलिको सुन्दर नेपाल बनाउने तागत पनि आफुहरुसर्गै रहेको बताए । सुवेदीले भने ‘हामीसंग धन पनि छैन, डन पनि छैन, हामीसंग जनता छ, यही जनताको मतबाट विजयी भएर समृद्ध राष्ट्र निर्माणका लागि लागिरहेका छौं ।’ ‘अहिले हामी वामगठबन्धनलाई मतदान गर्नका लागि अनुरोध गर्दै आएका छौं, चुनावपछि हामी एउटै पार्टी हुनेछौं, हिजो भनेका कुरा कही कतै पूरा नभएको भए आगामी दिनमा पूर्णता दिने ।’ बताएका छन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मुलुुकमा अराजकता हटाउनको लागि पनि बाम गठबनधनको विजयी आवश्यक रहेको उल्लेख गरे । उनले भने ‘समाजमा ब्याप्त अराजकता सधैं थेग्न सक्दैन, त्यसैले नेपालमा बाम गठबन्धनको नेतृत्वमा नयाँ नेपाल निर्माणको बाटो पहिल्याउन आवश्यक छ ।’ त्यसको लागि नमोबुद्धमा रहेको दुई पार्टी एकता भईसकेको उल्लेख उल्लेख गर्दै चुनावपछि पनि आफुहरुको अभियानमा एकसाथ भएर विकास निर्माणको कामहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा बाम गठबन्धनका नेता मिमबहादुर वाईबा(ज्वाला)ले दाप्चाको ऐयितहासिक भूगोलले जनताको अधिकार स्थापना गर्नको लागि खेलेको भूमिकालाई उमेदवारहरुले कहिल्यै नभुल्ने बताएका थिए । ‘हिजो अधिकारको लागि लडाई लड्यौ, त्यसै संघर्षको फलस्वरुप अहिले प्राप्त गरेको उपलब्धीको लागि यो निर्वाचनमा बाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आवश्यक छ ।’ ज्वालाले भने । अब बाम गठबन्धनको विजयीबाट मात्रै जनताको चाहना र सिंगो राष्ट्रको उन्नतीको बाटो खुल्नेछ ।

प्रकाशित मिति : २०७४, २ मंसिर शनिबार  ७ : २५ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता