२०८१, १० बैशाख सोमबार

यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या

यौनकाण्ड लुकाउन एक युवतीले गरिन् भाइको हत्या


सिरहा । सिरहाको कर्जन्हा-२ की एक युवतीले आफ्नो यौन सम्बन्ध लुकाउन आफ्नै भाइ (ठूलोबुबाको छोरा)को हत्या गरेको खुलेको छ ।

कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेशको कात्तिक पहिलो साता हत्या भएको थियो । ३ गते हराएका उनको शव घर ननिकै वनमारा घारीमा कुहिएको अवस्थामा दुई दिनपछि भेटिएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले भवेशका काकाकी छोरी प्रियंका यादव र सञ्जय साहलाई पक्राउ परेको छ । प्रियंका १६ वर्ष र सञ्जय १४ वर्षका मात्र भए । तर, उनीहरुले आफ्नो यौन सम्बन्ध लुकाउन भवेशको हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार भैंसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई भवेशले आपत्तिजनक अवस्थामा देखेका थिए । भवेशले यसबारे घरमा जानकारी दिने भनेपछि दुबैले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार भवेश र सञ्जय मिल्ने साथी हुन् र एउटै विद्यालयमा कक्षा ४ मा पढ्थे । हत्याको योजना बनाएपछि उनीहरुले ‘पटका र एउटा मोबाइल भेटेका छौं’ भन्दै प्रियंका र सञ्जयले भवेशलाई घर नजिकैको जंगलमा लगे ।

सञ्जयले प्रहरीलाई बयान दिएको बयान अनुसार उनीहरुले पटका खाल्डो खनेर लुकाएका छौं भन्दै खन्न लगाए र त्यही बेला गर्धनमा खुकुरी प्रहार गरी हत्या गरे ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ७ : ५० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने