२०८०, १५ चैत्र बिहीबार

काभ्रेमा वाम गठबन्धन शक्तिशाली, काँग्रेस आतंकित

काभ्रेमा वाम गठबन्धन शक्तिशाली, काँग्रेस आतंकित


बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आसन्न संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आ–आफ्नो वर्चश्व कायम गर्न घनिभूत रुपमा कसरत शुरू गरेका छन् । विगतमा सम्पन्न भएका केही निर्वाचन बाहेक अधिकांश निर्वाचनहरुमा वापन्थीहरुले कब्जा जमानउन सफल देखिएको काभ्रेमा दुई ठूला वामपन्थी दलहरुको गठबन्धनलाई शक्तिशाली उपस्थितिको रुपमा हेरिएको छ । वाम गठबन्धनबाट गठबन्धनमा समेल भएका दलका नेता–कार्यकर्तादेखि सामान्य जनतासम्ममा खुशीयाली देखिएको छ । उता वाम गठबन्धनको बलियो उपस्थितिबाट प्रतिष्पर्धामा देखिएको लोकतान्त्रिक गठबन्धनको अगुवा दल नेपाली काङ्ग्रेस भने आतंकित अवस्थामा स्थानीय स्तरका संगठनलाई मजवुत बनाउँदै कार्यकर्ता परिचालनमा होमिएको छ । वाम गठबन्धनको संयुक्त बैठकहरु धमाधम भइरहेको र निर्वाचनको प्रचार÷प्रशारलाई आक्रामक रुपमा कार्यकर्ताहरुलाई परिचालन गर्ने तयारी भइरहेको बैठकका सहभागी वाम गठबन्धनका जिल्ला नेताहरुले बताएका छन् ।

काभ्रेमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले संगठन विस्तार, प्रचार÷प्रसार समिति, भ्रातृ संगठन परिचालन लगायतका कामलाई प्रभावकारी बनाएको बताएका छन् । जिल्लामा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गरेको थियो । दुई ठूला वम गठबन्धनको मतलाई जोड्दा झण्डै छत्तीस हजार मत अन्तरले वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई उछिनेको अवस्था विद्यमान छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ६८ हजार ६ सय ४७ मत ल्याएर पहिलो भएको थियो भने नेकपा माओवादी केन्द्रले ३० हजार ४ सय ४८ मत ल्याएको थियो । दुवै वाम दलको कूल मत ९९ हजार ९५ हुन्छ यस मतको विरुद्ध नेपाली लोकतान्त्रिक गठबन्धनको अगुवा दल कांग्रेसले ६३ हजार १ सय ३९ मत मात्र पाएको थियो ।

काभ्रेमा रहेका सात स्थानीय तहमा एमाले, दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । काभ्रेका तेह्र स्थानीय तहमध्ये नेपाली कांग्रेसले बाँकी रहेका चार तहमा जित निकाले पनि केही स्थानीय तहमा कांग्रेस अल्पमतमा रहेको छ । यसअनुसार काभ्रेका अधिकांश स्थानीय तहमा पनि वाम गठबन्धन नै हावी भएको देखिन्छ ।

यस्तो छ स्थानीय तहमा दलहले प्राप्त गरेको मत

धुलिखेल नगरपालिकामा एमालेले ७ हजार ९ सय ९१, काँग्रेसले ५ हजार ४ सय ०८ र माओवादी केन्द्रले १ हजार ६ सय २१ मत प्राप्त गरेका थिए । त्यसैगरी बनेपा नगरपालिकामा एमालेले ११ हजार ४ सय ०९, काँग्रेसले ९ हजार ६ सय ५९ र माओवादी केन्द्रले १ हजार ३ सय ७० मत प्राप्त गरेका थिए ।

पनौती नगरपालिकामा एमालेले १२ हजार २ सय ५६, काँग्रेसले ९ हजार १ सय ९० र माओवादी केन्द्रले १ हजार २ सय ३९ मत प्राप्त गरेका थिए । मण्डनदेउपुर नगरपालिकामा एमालेले ६ हजार २ सय ३६, काँग्रेसले ५ हजार ७२ र माओवादी केन्द्रले २ हजार २३ मत प्राप्त गरेका थिए । नमोबुद्ध नगरपालिकामा एमालेले ५ हजार ३ सय ४६ काँग्रेसले ४ हजार ९६१ र माओवादी केन्द्रले ३ हजार ८ सय ६७ मत ल्याएका थिए । पाँचखाल नगरपालिकामा नेकपा एमाले ६ हजार ८ सय नेपाली काँग्रेस ७ हजार ३ सय ५६ र माओवादी केन्द्रले तीन हजार २ सय ७९ मत ल्याएका थिए । महाभारत गाउँपालिकामा माओवादी केन्द्रले २ हजार ३ सय ४२ मत पायो । चौंरीदेउराली गाउँपालिकामा पनि माओवादी केन्द्रले ३ हजार ९ सय १४ पाएको थियो । भूम्लु गाउँपालिकमा एमालेले ३ हजार ५ सय ४८ मतसहित अग्रस्थानमा रहेको थियो । रोशी गापामा काँग्रेसले ४ हजार ३ सय ७२ मत पाएको थियो ।

बेथानचोक गापामा काँग्रेसले ३ हजार ८ सय ६८, एमालेले २ हजार ७ सय ४१ र माओवादी केन्द्रले १ हजार ७ सय ४९ मत ल्याएको थियो । खानीखोला गापामा एमालेले २ हजार २३, माओवादी केन्द्रले १ हजार २ सय ०७ र काँग्रेसले १ हजार १ सय १५ मत प्राप्त गरेका थिए । तेमाल गापामा काँग्रेसले ३ हजार ९ सय ४९ मत पायो । ०४८ सालदेखि वाम शक्तिको वर्चश्व रहेको काभ्रेपलाञ्चोकमा २०५६ मा काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो तर २०६४ मा पुनः वामशक्तिले वर्चश्व कायम ग¥यो । २०७० को निर्वाचनमा पुनः कांग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा जित हासिल ग¥यो भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा वाम शक्ति विजयी भएको छ ।

काभ्रेपलाञ्चोकका पुराना कम्युनिष्ट नेता तथा तत्कालीन जिल्ला जिविस समितिका सभापति कृष्णप्रसाद सापकोटाले वाम शक्तिको विजयले जिल्लामा पूर्वाधारको विकासले तीव्रता पाएको उल्लेख गर्दै अबको १० वर्षमा आर्थिक समृद्धिले ठाउँ पाउने विश्वास व्यक्त गरेका छन् । संघीय प्रतिनिधि सभाका लागि काभ्रेको क्षेत्र नम्बर २ बाट सर्वसम्मत भई अनुमोदनका साथ पार्टी केन्द्रमा पठाइएका एमाले नेता गोकुल बास्कोटाले राजनीतिक स्थायित्व र समाजवाद प्राप्तिका लागि भएको वाम वगबन्धनलाई आत्मासाथ गर्दै निर्वाचनमा होमिनका लाग कार्यकर्तापंक्तिलाई निर्देशित गरेका छन् । वास्कोटाले नेपाली कांग्रेसले अधिनायकवादको आरोप लगाइरहेको बेला वाम गठबन्धन लोकतान्त्रिक भएको बरु कांग्रेसको गठबन्धन लोकतन्त्र विरोधी र राजतन्त्र व्युँताउने झुण्डको रुपमा बुझ्न आवश्यक भएको बताएका छन् ।

एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाईवाले उमेद्वारको टुंगो लाग्दै गरेको बताउँदै उत्साहका साथ वाम उमेद्वारी दर्ता भएसँगै कार्यकर्ताहरु निर्वाचनमा होमिने बताए । उता माओवादी केन्द्रका नेता दिनानाथ गौतमले उम्मेदवारी दर्ता गरेपछि संयुक्त रुपमा भोट माग्न गाउँ–गाउँ जाने जानकारी दिएका छन् । वाम गठबन्धन विजयी भएपछि देशमा नयाँ परिवर्तनको लहर शुरु हुने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : ५१ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय